Logo

चिनियाँ विदेश मन्त्री वाङ यीले चन्द्रगिरि हिल्समा यसरी विताए ३ घण्टा, फोटो फिचर

चिनियाँ विदेश मन्त्री वाङ यीले चन्द्रगिरि हिल्समा यसरी विताए ३ घण्टा, फोटो फिचर



काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आएका चिनियाँ विदेशमन्त्री वाङ यी पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन । उनले काठमाडौंको आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ यी ले ३ घण्टा विताएका छन ।

विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आमन्त्रणमा द्विपक्षीय वार्तामा भाग लिन आइतबार साँझ काठमाडौं आइपुगेका थिए । उनि काठमाडौ आएलगतै पर्यटकिय स्थल चन्द्रगिरि पुगेका हुन ।

चन्द्रागिरि पुगेका वाङले चन्द्रगिरि हिल्स प्रालिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग नेपालको पर्यटकिय क्षेत्र उद्योगलगायतका विषयमा छलफल गरेका छन ।

वाङ यीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष ढकाल, महाप्रबन्धक अभिशेख विक्रम शाह, सञ्चालकहरु हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए । उनले चन्द्रागिरि डाँडामा अत्याधुनिक रिसोर्टको निर्माणसँगै विविध एकीकृत पर्यटकीय संरचनाहरुका साथै भालेश्वर महादेवको मन्दिरलगायतको दर्शन गरेको अध्यक्ष ढकालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL