Logo

पदवहाली पछि दिगम्बर झाले भने, ‘अर्काे मल्टिनेशनल कम्पनी आउँछ, काम नगर्ने बन्द हुन्छन’

पदवहाली पछि दिगम्बर झाले भने, ‘अर्काे मल्टिनेशनल कम्पनी आउँछ, काम नगर्ने बन्द हुन्छन’



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका नवनियुक्त अध्यक्ष दिगम्बर झाले नेपालमा टेलिकम सम्बन्धी बहुराष्ट्रिय कम्पनी भित्र्याईने बताएका छन् । आईतबार प्राधिकरणको अध्यक्षमा तेस्रोपटक पदबहाली गर्दै उनले नेपालको टेलिकम सेवालाई थप प्रतिस्पर्धी बनाउन नयाँ बहुराष्ट्रिय कम्पनी भित्र्र्याइने बताएका हुन् ।

उनले सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा समक्ष अध्यक्षको पद तथा गोपनियताको सपथ लिँदै स्मार्ट टेलिकम र युटिएललाई सेवा विस्तार तथा प्रतिश्पर्धाका लागि पर्याप्त समय दिए अनुसार काम गर्न नसकेको भन्दै नेपालमा थप अर्को मल्टिनेशनल कम्पनी आवश्यक भएको जानकारी दिएका हुन् ।

प्राधिकरणको कमलादीस्थित कार्यालयमा पदवहाली पछि उनले भने, ‘अहिले बजारमा नेपाल टेलिकम र एनसेलको मात्र प्रतिस्पर्धा रहेको छ । उक्त प्रतिस्पर्धालाई बढाउन तेस्रो कम्पनीको उत्तिकै आवश्यक रहेको छ ।’

उनले पुर्वाधार सहप्रयोगको लागि नयाँ कम्पनी ल्याउने आफ्नो योजना रहेको बताउँदै पुर्वाधार विस्तारमा पनि आफुले जोड दिने बताएका छन । सरकारबाट बर्खास्त गरिएका प्राधिकरणका अध्यक्ष झालाई पुनः सोही सरकारले अध्यक्ष पदमा नियुक्त गरेको हो ।

उनलाई भदौ २१ गते बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।

उनी २०६९ साल मंसीर २९ गते डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा पहिलो पटक प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । ५ बर्षका लागि नियुक्त भएका झाको पदाबधि २०७४ मा सकिएको थियो । तर, उनलाई फेरी तत्कालिन शेरबहादूर देउवा नेतृत्वको सरकारले पुनः अध्यक्षमा नियुक्त गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL