Logo

आइसिटी अवार्ड २०१७ को विजेता घोषणा, आइसिटी पायोनियर सम्मान रेग्मीलाई

आइसिटी अवार्ड २०१७ को विजेता घोषणा, आइसिटी पायोनियर सम्मान रेग्मीलाई


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइसिटी अवार्ड २०१७ को विजेता घोषणा गरिएको छ । लिभिङ विथ आइसिटी म्यागजिनले आयोजना गरेको अवार्डमा विभिन्न चार विधाका विजेता घोषणा गरिएको हो ।

जसमध्ये आइसिटी पायोनियर अवार्ड प्रोफेसनल कम्प्युटर सिस्टम प्रालीका सुरेश रेग्मीले पाएका छन् । यस विधामा लामो समय देखि यस क्षेत्रमा सेवा पुर्याइरहेका एक व्यक्तित्वलाई सम्मान गरिएको हो । त्यस्तै आइसिटी डायस्पोरा अवार्ड इन्सेस्न्ट रेन एनिमेशन स्टुडियोका कार्यकारी निर्देशक किरणभक्त जोशीले पाएका छन् ।

त्यस्तै वेष्ट स्टार्टअप कम्पनीमा बसोबास नेपाल प्राली, पाइला टेक्नोलोजी प्राली र जेफ्टवेयर सोलुसन्स प्रालीले पुरस्कार पाएका छन् । यस बिधामा ४२ ओटा कम्पनीले आवेदन दिएका थिए ।

त्यस्तै बेष्ट इनोभेटिभ प्रडक्टतर्फ एभरेष्ट काष्ट, नेपाल भिआर र परीले पुरस्कार पाएका हुन् । यस बिधामा पनि ५३ ओटा कम्पनीले आवेदन दिएका थिए ।

विजेताहरुलाई सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा सञ्चारमन्त्रि बस्नेतले सूचना प्रविधिलाई समयअनुकुल बनाउन सकेमा देशको कूल ग्राह्यस्थ उत्पादनमा समेत बृद्धि हुने बताए । साथै सूचना प्रविधिको प्रयोगले कम जनशक्तिले पनि बढी काम गर्न सक्ने जानकारी दिए ।

सूचना प्रविधि क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्देश्यसहित दोश्रो संस्करणको आइसिटी अवार्ड आयोजना गरिएको कम्पनीका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

प्रविधि क्षेत्रका अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसरको रुपमा अवार्ड कार्यक्रम गरिएको हो । बेष्ट इन्नोभेटिभ अन्तर्गत नयाँ सुचनाप्रविधि सम्बन्धी सामग्रीले भाग लिएका थिए ।
त्यस्तै आइसिटी स्कोलरमा हाल इन्जिनियरिङमा व्याचलर्स गरेका विद्यार्थीहरुले निर्माण गरेका सामग्री सहभागी गरिएको उनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL