Logo

बक्यौता नतिर्ने सेवाप्रदायकलाई प्राधिकरणले सोध्यो स्पष्टिकरण , लाईसेन्स खारेज हुनसक्ने

बक्यौता नतिर्ने सेवाप्रदायकलाई प्राधिकरणले सोध्यो स्पष्टिकरण , लाईसेन्स खारेज हुनसक्ने



काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि हालसम्म बक्यौता नबुझाउने सेवाप्रदायकसँग स्पष्टिकरण सोधेको छ । प्राधिकरणले तोकेको अन्तिम म्यादसम्म पनि सेवाप्रदायकले बक्यौता बुझाउने मेसो नदेखाएपछि स्पष्टिकरणका लागि १० दिनको समय दिएको हो ।

laxmi

बुधबार बसेको प्राधिकरणको बोर्ड बैठकले विभिन्न शिर्षकमा करिव ४ अर्ब रुपैयाँ बक्यौता तिर्न अटेर गर्ने सेवाप्रदायकलाई १० दिनसम्मको समय दिई त्यसपछि कानुनी प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।

स्मार्ट टेलिकम, नेपाल स्याटेलाईट टेलिकम लगायतका कम्पनीलाई प्राधिकरणले गत चैत १२ गते बक्यौता बुझाउन अन्तिम पटकका लागि असार मसान्तसम्मको समय दिएको थियो । तर उक्त म्याद सकिएपनि बक्यौता तिर्ने छाँट नदेखाएपछि प्राधिकरणले स्पष्टिकरण सोधेको हो ।

प्राधिकरणका अनुसार बक्यौता तिर्न बाँकी सेवप्रदायकमध्ये सबैभन्दा धेरै स्मार्ट टेलिकमको २ अर्ब ५९ करोड रुपैयाँ बक्यौता छ । स्मार्ट टेलिकमको फ्रिक्वेन्सी दस्तुर, ग्रामीण दूरसञ्चार विकास कोष, रोयल्टी र नवीकरण शीर्षकमा बक्यौता रहेको प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै नेपाल स्याटेलाइटको फ्रिक्वेन्सी दस्तुरबापतको करिब ७६ करोड रुपैयाँ बक्यौता रहेको छ ।
प्राधिकरणले १० दिनसम्म पनि कुनै निर्णय नआए अनुमतिपत्र खारेजीको व्यवस्था अघि बढाउन सक्नेछ ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ मा पनि तोकिएको अवधिभित्र काम नगरे अनुमतिपत्र खारेज गर्न सक्ने व्यवस्था गरेको छ । यस्तै बक्यौता तिर्न अटेर गर्ने अर्काे सेवाप्रदाय युटिएलले भने सर्वाेच्चको अन्तरिम आदेश ल्याएपछि युटिएलको लाईसेन्स खारेजीको प्रक्रिया भने अघि नबढ्ने भएको छ । तर प्राधिकरण युटिएल विरुद्ध भ्याकेटमा जाने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL