Logo

जेठ १ गते सुबिसु कन्क्लेभ, ब्लकचेन प्रविधिदेखि आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा जानकारी

जेठ १ गते सुबिसु कन्क्लेभ, ब्लकचेन प्रविधिदेखि आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा जानकारी



काठमाडौं । ईन्टरनेट सेवाप्रदायक सुबिसु केवलनेटले दोस्रो संस्करणको सुबिसु कन्क्लेभ २०१९ आयोजना गर्ने भएको छ । कम्पनीले सुचना, संचार तथा प्रविधिको बारेमा भएका विद्यमान क्रियाकलापहरुको बारेमा छलफल गर्नका लागि जेठ १ गते उक्त कन्क्लेभ आयोजना गर्न लागेको हो ।

कम्पनीका अनुसार कन्क्लेभमा संचार प्रविधि क्षेत्रका विज्ञहरुले आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । कन्क्लेभमा साईबर सेक्युरिटीमा ब्लकचेन प्रविधि, सुरक्षित समाजका लागि प्रविधि, आर्टिफिसियल ईन्टेलीजेन्स सँग ईन्टरनेट अफ थिंक, भविश्यको डाटा सेन्टर लगायतका विषयहरुमा छलफल हुनेछ ।

उक्त कार्यक्रममा म्यागसेसे पुरस्कार विजेता डा. महाबीर पुनले विषेश प्रस्तुती समेत रहने कम्पनीका अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए । उनका अनुसार कार्यक्रमले विश्वमा चलिरहेको नयाँ प्रविधि तथा त्यसको बारेमा ज्ञान दिन सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL