Logo

नेपाली स्याटेलाईट अन्तरिक्षमा सफल प्रक्षेपण, प्रधानमन्त्रीद्धारा खुसी ब्यक्त

नेपाली स्याटेलाईट अन्तरिक्षमा सफल प्रक्षेपण, प्रधानमन्त्रीद्धारा खुसी ब्यक्त



काठमाडौं । नेपालको आफ्नै स्याटेलाईट ‘नेपाली स्याट १’ अन्तरिक्षमा प्रक्षेपण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन । उनले बिहीबार बिहान आफ्नो ट्विटर ह्यान्डलमार्फत उक्त स्याटेलाईट अन्तरिक्षमा पठाउन सहयोग पुर्याउने सबै बैज्ञानिकहरुलाई बधाई दिएका हुन ।

उनले नेपाल अन्तरिक्षमा भुउपग्रह पठाउने मुलुकको सुचिमा समावेश भएकोमो खुसी ब्यक्त समेत गरेका छन । आजै बिहान २ बजे नेपालको स्याटेलाईट अमेरिकास्थित भर्जिनियाको समुद्री सतहबाट अन्तरिक्षमा पठाईएको थियो ।

नेपाल स्याट १ नाम दिइएको उक्त नानो स्याटेलाईटको तौल भने जम्मा १ हजार ३ सय ग्राम रहेको छ । २ जना नेपाली तथा अन्य देशका गरी ८ जना बैज्ञानिकले उक्त स्याटेलाईट जापानमा निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL