Logo

न्युरोडमा स्मार्ट टेलिकमको नयाँ सेन्टर स्थापना, कम्पनीको सेवा सुविधा बारे जानकारी

न्युरोडमा स्मार्ट टेलिकमको नयाँ सेन्टर स्थापना, कम्पनीको सेवा सुविधा बारे जानकारी



काठमाडौं । स्मार्ट टेलिकमले काठमाडौंस्थित न्युरोडको पाकोमा नयाँ स्मार्ट सेन्टर स्थापना गरेको छ ।

कम्पनीले ग्राहकहरुको लागि सहज सुविधा प्रदान गर्ने उद्देश्य सहित सोमबारबाट सो सेन्टर संचालनमा ल्याएको हो ।

कम्पनीका अनुसार उक्त सेन्टरबाट सेवाग्राहिहरुले स्मार्टका सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्ने छन ।

यस्तै उक्त सेन्टरबाट कम्पनीको सेवा तथा उत्पादनहरुको विस्तृत जानकारी पनि सहजै प्रदान गर्न सकिने बताईएको छ ।

उक्त सेन्टरको उद्घाटन कम्पनीका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL