Logo

नेपालमा ‘सगुन’ को गैर कानूनी धन्दा, मिनी आईपीओको नाममा हुण्डीको काम

नेपालमा ‘सगुन’ को गैर कानूनी धन्दा, मिनी आईपीओको नाममा हुण्डीको काम



काठमाडौं । नेपालीलाई अमेरिकी कम्पनीको मालिक बनाउने भन्दै नेपालमा मिनी आईपीओमा प्रचार प्रसार गर्दै आएको ‘सगुन’ हुण्डी कारोबार संलग्न रहेको भन्दै छानविन प्रक्रिया अघि बढेको छ । नेपालीबाट नेपालीले उक्त मिनी आईपीओ नै खरिद गर्न नपाउने अवस्थामा सगुनले गैर कानुनी रुपमा प्रचार प्रसार गर्दै हुण्डीको माध्यमबाट रकम बाहिर लगेको आशंकामा अनुसन्धान थालिएको हो ।

laxmi

पछिल्लो समय सगुनले गलत नियतका साथ नेपालबाट मिनी आईपीओको नाममा प्रचारप्रसार गर्दै हुण्डी कारोबार गरेको भन्ने सुचानाको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले जानकारी दिए । ‘नेपालबाट नेपाली मुद्रामा नेपालीले सगुनको मिनी आईपीओमा आवेदन नै दिन पाउँदैनने भने के स्वार्थले उसले नेपालमा आएर प्रचार प्रसार गरिहेको छ ?,’ उनले भने, ‘सगुनको नियतमाथि नै शंका उपन्न भएको छ तसर्थ उसले मिनी आईपीओको नाममा हुण्डी कारोबार गरेरको आशंकामा छानविन प्रक्रिया अघि बढाएका छौं ।’ सो विषयमा महानगरीय अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गरिरहेको समेत उनले जानकारी दिए ।

सगुनको पनि नियत युटिनी लाईफको जस्तै हुन सक्ने समेत ढुंगानाले जानकारी दिए । यस अघि युटिनीले पनि मेम्बर वेस कम्पनी भन्दै कमिशनको लोभ देखाएर ग्राहक बनाएर ठगी गरेको थियो । सोही अनुरुप अहिले सगुनले पनि नेपालबाट नेपालीले लगानी नै गर्न नपाउने ठाउँमा आएर आफ्नो युजर वृद्धि तथा मिनी आईपीओको नाममा प्रचार प्रसार गर्दै आएको छ ।

सन् २००६ मा अमेरिकामा दर्ता भएको सगुनले २ बर्ष अघि नेपाल भित्र्दै नेपालीलाई पनि अमेरिकी कम्पनीको मालिक बनाउने भन्दै मिनी आईपीओ जारी गरेको थियो । कम्पनीले त्यतिवेला विश्वभरबाट मिनी आईपीओ जारी गर्दै २० मिलियन अमेरिकी डलर उठाउने लक्ष्य लिएको थियो । तर, त्यतिवेला पनि विश्वभरबाट ६ दशमलव ६ मिलियन डलरको मात्र आईपीओ परेको थियो ।

सगुनले पछिल्लो समय विश्भरका जनताले लगानी गर्न पाउने भन्दै मिनी आईपीओ निश्काशन गरेपनि मुख्य टार्गेटमा नेपालीलाई राखेको छ । पछिल्लो समय नेपालीहरुमा आईपीओ भन्ने वित्तिकै आवेदन दिईहाल्ने मानसिकता विकास भएकाले र उनीहरुबाटै बढी रकम असुल्न सक्ने भएकाले पनि नेपालीलाई बढी लक्षित गरेको एक सेयर विश्लेषकले जानकारी दिए । ‘सगुनले सन् २०१७ मा आईपीओ जारी गर्दा पनि विश्वभर रहेका नेपालीबाटै बढी रकम उठाएको थियो,’ ती सेयर विश्लेषकले भने, ‘सन् २०१७ मा आईपीओ बिक्रीबाट संकलन गरेको रकम कर्मचारी र अफिस खर्चमा सकिएपछि फेरि नेपालीलाई नै लक्षित गरेर आईपीओको नाममा रकम असुली गर्दैछ,’ उनले भने ।

सेयर विश्लेषक मुक्ति अर्यालका अनुसार पनि स्थापना भएको १४ बर्षसम्म पनि कुनै आम्दानी गर्न नसक्ने र आईपीओ बिक्री गरेवापतको रकमबाट मात्रै कम्पनी संचालन हुँदै आएको उक्त कम्पनीको सेयर खरिद गर्नु भनेको ठगिनुबाहे्क केही होइन । ‘सगुनले आर्थिक बर्ष २०१७ र २०१८ मा क्रमसः ४ करोड ४६ लाख ८४ हजार र ४ करोड २१ लाख ४२ हजार रुपैयाा खुद नोक्सानी बेहोरेको छ भने २०१८ को डिसेम्बर ३१ मा सगुनको कुल संचिति नोक्सानी ४ करोड ८५ लाख २८ हजार र नेटवर्थ ४७ लाख २४ हजारले ऋणात्मक (सम्पत्तीभन्दा दायित्व बढी) छ,’ उलने भनेका छन्, ‘यी सबै तथ्यलाई मध्येनजर गर्दा कम्पनीको निरन्तर चलिरहन सक्ने उसको क्षमतामा प्रसस्त शंका गर्ने ठाउँ छ । तरलता अभाबका कारण अब कम्पनी अब चल्न नसक्ने र बन्दको संघारमा पुगेको छ ।’

अमेरिकामा स्थापना भएको सगुनले नेपाल र भारतमा अफिस नै स्थापना गरेर आईपीओ बिक्रीका लागि प्रचारप्रसार गर्दै आएको छ । तर उक्त आईपीओमा नेपाल, उत्तर कोरिया र इरानबाट लगानी गर्न प्रतिविन्ध छ । जुन देशबाट सगुनको आईपीओमा लगानी गर्न पाईदैन उही देशमा बढी प्रचारप्रसार गर्नु भनेको पक्कै पनि कुनै रहस्य रहेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यसैगरी सगुनले आफ्नो आम्दानीको १० प्रतिशत रकम मात्र लगानी गर्न आग्रह गर्दै आएको छ । यदि कुनै कम्पनी नाफामा जान्छ, त्यसले राम्रो प्रतिफल दिन्छ भने किन त्यसमा आम्दानीको १० प्रतिशतको सीमा राखियो ? मिनी आईपिओबाट सेयर निष्कासन गर्ने कम्पनी धेरै जोखिमपूर्ण हुन्छ । यस्तो कम्पनीको धेरै आधिकारिक कागजात र वित्तीय बिबरणहरु उपलब्ध हुँदैन भने यस्ता कम्पनीको क्रेडिट रेटिंग पनि भएको हुँदैन र भएपनि धेरै निम्नस्तरको हुन्छ । यस्तो अवस्थामा सगुनलाई कुनै बैंकले ऋणको लागि नपत्याउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

उक्त कम्पनी अमेरिकमा स्थापना भएपनि त्यस्ता कम्पनीमा जोखिम बढी हुने भएकाले अमेरिकी नागरिकले लगानी नगर्ने भएका कारणले उनीहरुले नेपालीको कम्पनी भन्दै नेपालमा आएर बढी प्रचार प्रसार गर्दै आएका छन् ।

सगुन नेपालका संचालन प्रमुख दीपेन्द्र चौधरी पनि नेपालबाट नेपालबाट नेपालीले लगानी गर्न नपाउने तर विदेशमा रहेका नेपालीलाई सूचना पुर्याउनका लागि नेपालमा आएर प्रचारप्रसार गरिएको बताउँछन् । ‘हामीले कुनै पनि मानिसको एकैपटक धेरै लगानी नहोस भनेर हामीले आफ्नो आम्दानीको १० प्रतिशत रकम मात्रै सगुनको सेयरमा लगानी गर्न आग्रह गर्दै आएको छौं,’ उनले भने, ‘हामीले कुनै लगानीकर्ताले बढी आवेदन दिए भनेपनि त्यसलाई स्वीर्कार्दैनौ भने आम्दानीको १० प्रतिशतमात्र लगानी गर्दा ९० प्रतिशत रकम त सम्बन्धित व्यक्तिसँगै रहन्छ ।’

तर धितोपत्र बोर्डले भनेजस्तो आफुहरुले हुण्डीको माध्यमबाट विदेशमा पैसा लगेर भने लगानी नगरेको उनको दावी छ । ‘धितोपत्र बार्डले नेपालमा आफ्नै नियम होला तर, उसले पनि सगुनको आईपीओ कसरी निष्काशन भएको छ यस विषयमा बुझनु पर्छ,’ चौधरीले भने, हामी अमेरिकी सेक्युरिटी एक्स्चेञ्जबाट स्वीकृति प्राप्त गरेर गरेर सेयर निष्काशन गरेका कम्पनी हौं तसर्थ धितोपत्र बोर्डले सगुनमाथि धावा बोल्न मिल्दैन ।’

यसैगरी घाटामा गएको कम्पनीले किन आईपीओ जारी गरेको ? यस अघि आईपीओबाट उठाएको रकम पनि सबै खर्च गरेर सकियो नि भन्ने प्रश्नमा उनले त्यसरी संकलन भएको रकम बाटोमा हिड्ने व्यक्तिलाई आफुखुशी वितरण गरेर मोजमस्ती गरेको नभई कम्पनी संचालनमै खर्च भएको बताए । ‘सगुनको पनि कम्पनी छ, अफिस र कर्मचारी छन् भने सोही अनुरुप ब्राण्डिङ गर्दै आएका छौं,’ उनले भने, ‘आखिर ती खर्चत कम्पनीले आईपीओ बिक्री गरेर उठाएको रकमबाटै खर्च गर्ने हो नि ।’

प्रतिक्रिया दिनुहोस्
MBL