Logo

कोरोनाको टार्गेटमा क्यान्सरका बिरामी, यस्तो छ अध्ययनको निष्कर्ष

कोरोनाको टार्गेटमा क्यान्सरका बिरामी, यस्तो छ अध्ययनको निष्कर्ष



काठमाडौं । हालै गरिएको एक अध्ययनले क्यान्सरका बिरामीहरुको कोरोना भाईरस (कोभिड–१९)का कारण मृत्यु हुने सम्भावना अन्यको तुलनामा २ गुणा बढी हुने निष्कर्ष निकालेको छ ।

laxmi

अमेरिका, क्यानडा तथा स्पेनका ९ सय जनाभन्दा बढीमा गरिएको एक अध्ययनमा अन्यको तुलनामा कोरोनाका कारण क्यान्सरपीडीत बिरामी धेरै खतरामा रहेको पत्ता लगाईएको हो ।

क्यान्सरका बिरामी अन्यको तुलनामा कम मात्रामा आफ्नो दैनिक जिवनमा प्रतिरोधी क्षमताहरु विकास गर्न कमजोर देखिएका छन् । सोही कारण पनि क्यान्सर बिरामीहरु खतरामा हुने हुने अध्ययनले देखाएको छ ।

अध्ययन १ महिना अर्थात ३० दिनमा कोरोना संक्रमणका कारण कति जनाको मृत्यु भयो भन्नेमा केन्द्रित थियो । उक्त ३० दिनमा गरिएको अध्ययनमा क्यान्सर पीडीतको झण्डै २ गुणा बढीले मृत्यु भएको देखिएको थियो ।

यसअघिका अध्ययनमा भने वयस्क उमेरका बृद्धबृद्धाहरु, धुम्रपान सेवक आदिलाइ यसको उच्च खतरामा राखिएको थियो । जसमा कोरोनाका कारण मृत्यु हुने सम्भावना उच्च रहने अध्ययनले देखाएको थियो ।

एन्टी क्यान्सरको औषधि लिईरहेका र शारिरिक तन्दुरुस्त बिरामीले भने केही कुरामा ध्यान दिनुपर्ने भएपनि थला परेका बिरामीहरुले भने यसको बारेमा धेरै ख्याल राख्नुपर्ने एक विज्ञले बताए ।

उनका अनुसार अध्ययनले क्यान्सर पीडीतहरु कतिसम्म खतरामा छन भन्ने जान्न पनि मद्धत पुर्याएको छ ।

यस्तै उक्त अध्ययनले हाईड्रोक्सिक्लोरोक्विन र एजिथ्रोमाईसिनले झन ३ गुणा बढी मृत्युको मुखमा पुर्याउने सम्भावना रहेको समेत पत्ता लगाएको हो । –एएफपीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL