Logo

अटो क्षेत्र संकटको अवस्थामा छ, अर्थतन्त्र बचाउन पनि लकडाउन खोल्नैपर्छ : नाडा अध्यक्ष दुलालको विचार

अटो क्षेत्र संकटको अवस्थामा छ, अर्थतन्त्र बचाउन पनि लकडाउन खोल्नैपर्छ : नाडा अध्यक्ष दुलालको विचार



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र धराशायी बनेको छ । महिनौदेखि धेरै देशहरु लकडाउनमा छन् । यस्तो अवस्थामा समग्र अर्थतन्त्र पनि मन्दीतर्फ अगाडि बढिरहेको छ । यसरी दिनानुदिन लकडाउनको अवधि थप्दै जाँदा नेपाली अर्थतन्त्रमा पनि ठूलो असर परेको छ । अर्थतन्त्रसँगै नेपालमा अटो क्षेत्रको अवस्था पनि डामाडोल भएको छ । यदि लकडाउन अझै लम्बिँदै जाने हो भने त नेपालमा अर्थतन्त्रका सबै स्रोतहरु ध्वस्त हुने अवस्था आउनेछ ।

laxmi

अटोमोबाईल क्षेत्रको भविष्य अहिले संकटमा छ भन्दा हुन्छ । अहिले हाम्रो व्यवसाय शतप्रतिशत बन्द छ । गाडीहरु महिनौदेखि भन्सारमा अड्केर बसेका छन् । भन्सारमा अड्केका गाडीहरु छुटाउनका लागि पनि सरकारले केही समय दिनुपर्ने हो । गाडीहरु भन्सारमा राख्नुपर्ने समय सकिन लाग्दा सरकारले बैंकको किस्ता तिर्ने समय दिएजस्तै हाम्रा गाडीहरु ल्याउन वा त्यहाँ राख्ने समय दिनुपर्ने हुन्छ ।

हाम्रो व्यवसाय शून्यमा झरेको बेलामा बैंकको किस्ता तथा ब्याज तिर्ने समय पनि अझै बढाउनुपर्ने अवस्था आएको छ । यसरी गाडीहरु भन्सारबाट नआउने दैनिक हुने व्यापार नै ठप्प हुने भएपछि नेपाली अर्थतन्त्रमा ठूलो योगदान दिईरहेको अटो क्षेत्र यसै पनि धराशायी हुने अवस्था सिर्जना भएको छ ।

यसरी अर्थतन्त्रमा धक्का लागिरहने तथा व्यवसायी धराशायी हुने गरी लकडाउनका समय बढाईराख्नु उचित हुँदैन । विश्वभर आजसम्म्म कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख १० हजार नाघेको छ भने संक्रमित पनि ३० लाखको हाराहारीमा पुगेका छन् । तर नेपालमा भने यसको दर न्यून छ । संक्रमित पनि कम र मृत्यु हुनेको संख्या न्यून भएको बेलामा सँधैभरि लकडाउनले त्यति औचित्य राख्दैन । त्यसैले हामीले विशेष समय चुनेर लकडाउनको अवस्थालाई नहटाई हुँदैन । यसले व्यापार व्यवसायमा मात्रै नभएर लाखौको रोजगारी समेत गुमिरहेको अवस्था छ । यस्तो बेलामा लकडाउन नखोले त अर्थतन्त्र नै डामाडोल हुनेछ । यातायात क्षेत्रमा, वर्कसप क्षेत्रमा भएका मजदूरहरु भोकभोकै मर्नुपर्ने अवस्था आएको छ ।

सरकारले तुरुन्तै नै व्यवसायी तथा मजदुरलाई केही राहत दिन सक्ने अवस्था छैन । त्यहीअनुसार लकडाउन खोलिदिए दैनिक जीवनयापनका लागि गरिब तथा मजदूरहरुले आवश्यक काम गर्न सक्नेछन् । यसैले पनि बन्दाबन्दीको समयलाई थप गर्नुको सट्टा यसलाई घटाएर लैजाँदा राम्रो हुन्छ ।
गम्भीर भएर सोचौं , एक पटक होइन हजार पटक सोचौं, हामी नेपालीलाई कति दिन बसेर खान पुग्छ ? हामीसंग कति दिन पुग्ने खाद्यान्न छ, बाँकीले कति समय खान पुग्छ ? हाम्रो बजेट कति हो र कति घाटा हुँदै छ र त्यसपछि के हुन्छ यसमा सोच्नुपर्ने अवस्था आएको छ ।

जब पेन्सन बन्द, बृद्ध भत्ता बन्द, कर्मचारी सैनीक पुलिसको तलब बन्द अनि के हन्छ ? बिकास त पर को कुरा उद्योगले आयात गरेको कच्चा पदार्थ को भुक्तानी बन्द हुन्छ । बैंकको भुक्तानीको बिश्वास टुट्छ, एटीएमबाट पैसा निक्लिन छोड्छ, अनलाइन भुक्तानी बढ्दै । ब्यबसाय र उद्योग बन्द छ । सरकार को संचित केही महिनाको तलब भत्ताको अवस्थ के होला ? हामी अब भगवान भरोसामा बस्नुको विकल्प छैन ।

अब हामी आफैले सहयोगको पाईला अगाडि बढाएर राहात दिउँ, खाना दिउँ घर हिंडेका मजदूरलाइ मद्दत गरौं । दुई तिहाईको शक्तिशाली सरकारले पनि यसमा काम गरिरहेकै छ । यसलाई हामी सबै मिलेर सहयोग गरौं । डीपोजिट जति उद्योग ब्यबसायमा लगाउँदा देशकार अर्थतन्त्र तथा रेमिटेन्स ठप्प हुने अवस्थामा पुग्नेछ । हामी लकडाउनमा बस्दा सबैभन्दा ठूलो काम भनेकै समग्र मानब जातिको कल्याणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउनु हो ।

प्रतिक्रिया दिनुहोस्
MBL