Logo

एनसेलले ४ बर्षपछि बुझायो सम्पूर्ण पूँजीगत लाभकर, ६ बाणिज्य बैंकबाट उठायो पैसा

एनसेलले ४ बर्षपछि बुझायो सम्पूर्ण पूँजीगत लाभकर, ६ बाणिज्य बैंकबाट उठायो पैसा



काठमाडौं । एनसेलले ४ बर्षपछि आफ्नो सेयर स्वामित्व खरिद बिक्रीवापत तिर्नुपर्ने सबै रकम सरकारलाई बुझाएको छ । आईतबार थप १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर ठुला करदाता कार्यालयलाई बुझाए हो । यससँगै एनसेलसँगको पूँजीगत लाभकर विवादको अन्त्य भएको छ ।

laxmi

कम्पनीले हालसम्म ब्याजसहित २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५ सय ४६ रुपैयाँ बुझाएको छ । यससँगै पुँजीगत लाभकर वापत २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको ठुला करदाता कार्यालयले जानकारी दिएको छ ।

ठूला करदाता कार्यालयले यसअघि एनसेललाई सेयरस्वामित्व विक्रीवापतको कुल पूँजीगत लाभकर २२ अर्ब ४५ करोड रुपैयाँ तोकेको थियो । सोही अनुसार कम्पनीले गत पुष १६ गते ४ अर्ब ५० कराड रुपैयाँ तिरेको थियो ।

त्यसपश्चात कम्पनीले तिर्नुपर्ने व्याजसहितको बाँकी रकम १९ अर्ब मध्ये ४ अर्ब ६० करोड रुपैयाँ यसै महिनाको १८ गते तिरेको थियो । १८ गते उक्त रकम तिरिसकेपनि अझै एनसेलले पुष १६ यताको ब्याजसहित १४ अर्ब ४० करोड रुपैयाँ तिर्न बाँकी थियो । एनसेलले तिर्न बाँकी रकम पनि सरकारले लकडाउन सकिएपछि १५ दिनको समय दिएर सम्पूर्ण रकम असुल गर्ने कार्यलय प्रमुख अधिकारीले बताएका थिए ।

तर एनसेलले लकडाउन सकिन अघि नै आफ्नो सबै पैसा बुझाएको छ । कम्पनीले सरकारलाई तिर्न बाँकी रहेको रकमको हालसम्म व्याज मात्रै ८३ करोड रुपैयाँ पुगेको छ । कम्पनीले १५ प्रतिशतका दरले बाँकी रकमको व्याज तिर्नुपर्ने गत पुषमा बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

एनसेलले सुरुमा अग्रिम लाभकरवापत कुल लाभको १५ प्रतिशतले हुने २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो । बाँकीको १० प्रतिशत लाभकर कसले तिर्ने भन्ने विषयमा विवाद भएपछि सर्वोच्चले त्यसको किनारा लगाएको थियो ।

एनसेलले नेपाली बैंकहरुसँग ऋण लिएर लाभकर तिरेको हो । एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सानिमा बैंक र एभरेष्ट बैंकबाट ऋण दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL