Logo

लकडाउनको छैटौं दिन : बिहानै ६१७ जना पक्राउ, सडकमै दुई घण्टा उभ्याएर प्रहरीले थाल्याे कारबाही

लकडाउनको छैटौं दिन : बिहानै ६१७ जना पक्राउ, सडकमै दुई घण्टा उभ्याएर प्रहरीले थाल्याे कारबाही



काठमाडौं । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको आज आइतबार छैटौं दिन हो । धेरैले लकडाउन पालना गरेपनि अहिलेपनि लकडाउनको ल्लंघन भने भइरहेको छ । यसैक्रममा प्रहरीले आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने ५१२ जना पुरुष तथा १०५ जना महिलालाई पक्राउ गरेको जानकारी दिएको छ ।

laxmi

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पक्राउ गर्दै आएकोमा आइतबारदेखि भने जहाँ भेटिएको हो त्यहिँ उभ्याएर ब्रिफिङ्ग गरिने जानकारी दिएका छन् । अहिलेसम्म प्रहरीले उल्लंघन गर्नेलाई पक्राउ गरी केही समय बन्दी बनाउने गरेको थियो ।

तर पक्राउ गरेर गाडीमा हाल्दा संक्रमण फैलिने जोखिम हुने भएकाले आइतबारदेखि उल्लंघन गर्नेलाई जहाँ भेटियो त्यहिँ दुई घण्टासम्म राखिने र ब्रिफिङ्ग गरिने र आज पक्राउ परेकालाई सो कारवाही गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL