Logo

नयाँ कोरोना संक्रमित भेटिए, नेपालमा कोरोना भाइरसको संक्रमित सख्या तीन पुग्यो

नयाँ कोरोना संक्रमित भेटिए, नेपालमा कोरोना भाइरसको संक्रमित सख्या तीन पुग्यो



काठमाडौं। नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले एक व्यक्तिमा संक्रमण भेटिएको जानकारी दिएको छ ।

laxmi

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको र संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिँदै गरेको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या तीन पुगेको छ । संक्रमित एक जना ठिक भएका छन् भने एक जना अहिले उपचारत नै रहेका छन् ।

नेपालमा अहिलेसम्म ६८७ जनाको टेस्ट गरिएको र ६८४ जनाको टेस्ट निगेटिभ आएको मन्त्रालयको पछिल्लो अपडेटमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL