Logo

कोरोना कहर : एयरलाईन्स कम्पनीको सेयरमा २० प्रतिशतले गिरावट, २ खर्बको नोक्सान

कोरोना कहर : एयरलाईन्स कम्पनीको सेयरमा २० प्रतिशतले गिरावट, २ खर्बको नोक्सान



काठमाडौं । विश्वका धेरै देशहरुको अर्थतन्त्रमा त्यहाँका वायुसेवा कम्पनीहरुले पनि ठूलो योगदान दिएका छन् । तर पछिल्लो समय चीन हुँदै विश्वभर फैलिईरहेको कोरोना भाईरस ‘कोभिड १९’ का कारण धेरै देशका बायुसेवा कम्पनीहरुले आफ्ना उडान रद्द तथा स्थगित गर्नुपरेको छ ।

laxmi

जसका कारण विश्व वायुसेवा बजारमा मात्रै २ खर्ब रुपैयाँ बराबरको नोक्सान भईसकेको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले बताईसकेका छन । गत बर्षमात्रै बोईङ ७३७ म्याक्सको उडान प्रतिवन्द्धका कारण अन्तररािष्ट्रय उडानमा ठूलो घाटा बेहोर्नुपरेको थियो ।

त्यसपश्चात बायुसेवा बजार ठिकै चलिरहेका बेला विभिन्न देशहरुले आफ्नो अन्तरराष्ट्रिय उडानहरु बन्द गर्ने, काटिसकेका टिकट फिर्ता गर्नेलगायतका क्रियाकलापले पुनः बायुसेवाको अर्थतन्त्र डामाडोल भईरहेको अन्तरराष्ट्रिय समाचार संस्था सीएनबीसीले उल्लेख गरेको छ ।

सीएनबीसीका अनुसार अमेरिकालगायतका देशहरुमा ठूला एयरलाईन्स कम्पनीहरुको सेयर कारोबार प्रतिदिन घट्दो अवस्थामा छ । अमेरिकाको आर्का एयरलाईन्स ईन्डेक्सका अनुसार गत हप्ताभर दक्षिण अमेरिका र ल्याटिन अमेरिका लगायत युरोपतिर उडान भर्ने विभिन्न १६ एयरलाईन्स कम्पनीहरुको सेयर २० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

जसमा अमेरिकन एयरलाईन्सको सेयर ७ दशमलव ७ प्रतिशतसम्मले ओरालो लागेको छ । जुन अमेरिकन एयरलाईन्सको सन २०१३ मा युएस एयरवेजसँग मर्जरपछिको सबैभन्दा ठूलो गिरावट हो । यस्तै युनाईटेड एयरलाईन्सको सेयर गत हप्ता २ दशमलव ४ प्रतिशतले घट्दा डेल्टा एयरलाईन्स भने २ दशमलव ८ प्रतिशतले ओरालो लागेको छ ।

पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाईरसका विरामी मात्रै विश्वभर १ लाख बढी पुगेको विश्व स्वास्थ्य संगठनले बताएका छन । जसमा ३ हजार ५ सय भन्दा बढीको मृत्यु भईसकेको छ ।

यसकै कारण दक्षिण कोरिया र साउदी अरेबीयाले अत्यावश्यक बाहेकका सबै उडानहरुमा प्रतिवन्ध लगाईसकेका छन । भने विश्वभरीका २ लाखभन्दा बढी उडानहरु बन्द गरिसकिएको छ । यस्तै अमेरिकाका प्रमुख तीन एयरलाईन्स कम्पनीहरुले समेत चीन र हङकङका लागि उडान स्थगित गरिसकेका छन भने उडानका लागि काटिएको टिकट समेत फिर्ता गरिसकेका छन् । यस्तो सोही कोरोना भाईरसकै कारण विश्का प्रायजसो मानिसहरुले कतै जानलाई काटिएका टिकटसमेत रद्द गर्न थालिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL