Logo

विश्वमा सबैभन्दा धेरै विक्री हुने एन्ड्रोईड स्मार्टफोनमा सामसुङको दबदबा, कस्तो छ अरुको बजार ?

विश्वमा सबैभन्दा धेरै विक्री हुने एन्ड्रोईड स्मार्टफोनमा सामसुङको दबदबा, कस्तो छ अरुको बजार ?



काठमाडौं । विश्वमा धेरै मानिसहरु मोबाईल फोन चलाउँछन । विभिन्न मानिसहरुले विभिन्न प्रकारका फोनहरु प्रयोग गर्छन । अहिले विश्वमा धेरैले स्मार्टफोन उपयेग गर्न थालेका छन् अmभैपनि केही मानिहरु भने किप्याड थिचेर चलाउने बार फोन पनि उपयोग गर्छन ।

पछिल्लो समय विश्वमा चल्तीका फोनमध्ये एप्पल कम्पनीद्धारा उत्पादित आइओएस अपरेटिङ सिष्टमका आईफोन तथा सामसुङ, ओपो, भिभो, एलजी, गुगल, साओमी, हुवाईलगायतका एन्ड्रोईड अपरेटिङ सिष्टमका फोनहरु लोकप्रिय छन् ।

एन्ड्रोईड मोबाईल फोनको बजारमा सामसुङ, साओमी, ओप्पो, भिभोल, हुवाईगायतका प्रतिस्पर्धी कम्पनीहरुले स्मार्टफोन उत्पादन गर्छन र बजार पनि राम्रै पाएका छन । तर, यी कम्पनीहरुका फोनहरुमध्ये सबैभन्दा राम्रो फोन कुन हुनसक्छ ? कुन फोन सबैभन्दा धेरै विक्री भयो होला भन्ने धेरैको चासो हुन सक्छ ?

हालै एक अनुसन्धान कम्पनी ‘फर्म अमिडा’का अनुसार एन्ड्रोईड फोनहरुमध्ये धेरै विक्री हुने अरु कुनै फोन नभई सामसुङको प्रख्यात फोन ग्यालेक्सी ए१० रहेको पत्ता लगाएको छ ।

कम्पनीको प्रतिवेदन अनुसार सन २०१९ मा मात्रै ३ करोड ओटा सामसुङ ग्यालेक्सी ए१० विक्री भएको हो । यस्तै सामसुङको ग्यालेक्सी ए ३० पनि विश्वकै धेरै विक्री हुने स्मार्टफोनको तेस्रो स्थानमा परेको छ ।

यस्तै धेरै विक्री हुने पहिलो र दोस्रो फोनको योगदान भने एप्पलको एक्स आर र आईफोन ११ लाई जान्छ । जुन सन २०१९ मा क्रमशः ४ करोड ६१ लाख र ३ करोड ७३ लाख ओटा विक्री भएका थिए ।

यस्तै अमिडाले सार्वजनिक गरेको प्रतिवेदनको धेरै विक्री हुने उच्च १० फोनको सूचीमा सामसुङका अन्य ३ फोनहरु परेका छन । जुन ग्यालेक्सी ए५०, ग्यालेक्सी ए२० र ग्यालेक्सी जे२ रहेका छन ।
सामसुङका ग्यालेक्सी एस सिरीजका फोनहरुले भने सन २०१९ मा धेरै विक्री हुने श्रेय पाएनन् । तर एप्पलको आईफोन ८ भने धेरै विक्री हुने स्मार्टफोनको सातौं स्थानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL