Logo

निगम भन्छ ओसाका उडानमा घाटा भएको थाहा छैन, तर ऋण तिर्न सरकारकै भर

निगम भन्छ ओसाका उडानमा घाटा भएको थाहा छैन, तर ऋण तिर्न सरकारकै भर



काठमाडौं । ओसाका उडानमा नोक्सान भयो भन्ने कुरामा आफुलाई विश्वास नभएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

laxmi

‘होला सुरु सुरुमा केही कमी भयो होला तर अव विस्तारै हामी नाफा गर्दै जाने छौं’, खरेलले भने, ‘जापानको ओसाका विमानस्थलमा उडान गर्दा करौडौं घाटा ब्यहोरेको कुरा मलाई थाहा छैन ।’ एक पटक काठमाडौं जापान उडान गर्दा १ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको छ ।

तर निगमले भने ओसाका उडानमा बढिमा डेढ सय जना भन्दा बढी यात्रु राखेर उडान गर्न समेत सकेको छैन । हालकै मूल्य अनुसार पनि निगमले एक तर्फि साढे ५५ लाख रुपैयाँ भन्दा बढी कमाउन सकेको छैन । तर निगमले भने राम्रै आम्दानी भईरहेको र यात्रु संख्या पनि बढ्दै गईरहेको जानकारी दिएको छ ।

ऋण तिर्न सक्ने अवस्थामा छैन निगम

निगमले वाईडबडी जहाज खरिदमा लिएको ऋण भने अहिलेनै तिर्न सक्ने अवस्था नभएको जानकारी दिएका छन । ‘उक्त ऋण तिर्नकोे लागि सरकारसँग कुरा भईरहेको छ’, खरेलले भने, ‘तत्काल तिर्ने योजनामा निगम छैन, हामी छिट्टै तिर्ने गरी ब्यापार गर्न सक्ने अवस्थामा पनि छैनौं, तर ब्यवसाय सुधार आए पछि विस्तारै तिछौं ।’

रुट परिवर्तन

त्यस्तै निगमले अहिले भईरहेको रुट समेत परिवर्तन गर्ने तयारीमा भएको जानकारी दिएको छ ।
रुट परिवर्तन गर्दा केही समय लागे पनि ईन्धनलगायत बिभिद खर्चमा बचत हुने भएकाले चीनको गोञ्जाओ, साउदीअरेबियाको रियाद तथा नारिता विमानस्थलमा रुट परिवर्तन गरी जहाजले उडान गर्ने जानकारी दिएको छ ।

त्यस्तै निगमले २०२० फेब्रुअरिमा जसरी पनि बोईङ जहाज ७५७ लाई बिक्री गर्ने लक्ष लिएको छ भने निश्चित भएको टिकट बुकिङमात्रै लिने भएको छ । अहिले फर्जि टिकट बुकिङ भएको भन्दै निगमले निश्चित गरेर मात्रै टिकट बुक गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL