Logo

आन्दोलनमा उत्रिदै प्राधिकरणका कर्मचारी, कानुन बमोजिम सेवा सुविधा माग

आन्दोलनमा उत्रिदै प्राधिकरणका कर्मचारी, कानुन बमोजिम सेवा सुविधा माग



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकण मातहतका कर्मचारीहरुले आन्दोलन गर्ने भएको छ । आफुहरुलाई सरकारले घोषणा गरेअनुरुप कानुन बोमोजिम पाउनु पर्ने सेवा सुविधालगायतका माग राख्दै आन्दोलनको तयारी भई रहेको उच्च स्रोतले जानकारी दिएको छ ।

laxmi

स्रोतका अनुसार प्राधिकरण मातहतका कर्मचारीले विगत २ बर्ष देखि नियुक्ति पत्र समेत नपाएको गुनासो गरेका छन । साथै रोजगार सम्झौता, सामाजिक सुरक्षा अन्तरगत उपदान (संचय) कोष, बीमालगायत बृद्धि भएको तलब समेत नदिएको आरोप लगाएका छन ।

उनीहरुले सरकारको नीति प्रष्ट हुनु पर्ने लगायतका माग राख्दै कर्मचारीलाई माथिल्लो निकायले थर्काउने धम्काउने गरेको तथा झुट्टा आरोप समेत लगाउने गरेको स्रोतको दाबी रहेको छ । उनले भने, ‘अब हामी आन्दोलनको तयारीमा छौं यसको जिम्मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले लिनु पर्ने छ ।’

तर नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्यालले भने सो विषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन । हामीले अन्य क्षेत्रमा भन्दा बढिनै सेवा सुविधा दिएका छौं तर उनीहरुले बृद्धि भएको तलब भने कमि भयो भन्दै बुझन नमानेको पौड्यालले जानकारी दिए ।

पौड्यालले भने ति कर्मचारीहरु सेवा प्रदायकमा भए पनि सिधै प्राधिकरणको नियुक्ती नभई कम्पनीमार्फत आएको बताए । तर सेवा सुविधामा भने कुनै कन्ज्युसाई नगरेको जानकारी दिएका छन ।

सरकारको निर्णय अनुसार ८ हजार रुपैयाँ तलब, ५ हजार रुपैयाँ भत्ता र सो रकमको १० प्रतिशतले हुन आउने रकम संचयकोषमा जम्मा गर्ने गरेको भए पनि सो भन्दा माथीनै सेवा सुविधा दिएको पौड्यालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL