Logo

स्याउ जति स्वस्थवर्धक छ त्यती हानिकारक पनि छ, यस्तो स्याउ हुन्छ स्वस्थवर्धक

स्याउ जति स्वस्थवर्धक छ त्यती हानिकारक पनि छ, यस्तो स्याउ हुन्छ स्वस्थवर्धक



काठमाडौं । भनिन्छ दैनिक एक स्याउ सेवन गर्नाले डाक्टरलाई टाढा राख्न सकिन्छ । तर अनुसन्धाताका अनुसार स्याउले हाम्रो शरिरलाई फाईदा मात्रै नपुर्याएर त्यत्तिकै रुपमा हानिकारक पनि छ ।

laxmi

स्याउ विश्वकै सबैभन्दा प्रसिद्ध फलमध्ये एक हो । पछिल्लो समय अमेरिकामा गरिएको एक अध्ययन अनुसार अमेरिकामा मात्रै बार्षिक लगभग ५० लाख टन स्याउ उत्पादन हुन्छ । २०१५ मा प्रकाशित बालरोग पत्रिकाका अनुसार कुल बच्चाहरुमध्ये १८ प्रतिशत बालबालिकाले स्याउ खाने गर्दछन ।

स्याउलाई पोषणको भरपर्दाे फल पनि मान्ने गरिन्छ । यसमा भएको भिटामिन सी, मल्टिपल बी कम्प्लेक्स प्राकृतिक एन्टीअक्सीडेन्ट र खनिज पदार्थका साथै फाईबर समेतले यसलाई एक उच्च पोषणयुक्त फलका रुपमा चिनाउँछ ।

स्याउलाई दैनिक भोजनका रुपमा सेवन गरे स्याउमा भएको सुक्ष्म प्रोटिन शरिरको भित्रि भागमा गई कोषलाई बढाउन मद्धत पुग्दछ । जसले गर्दा खानामा स्याउ नभईनहुने पनि बन्न सक्दछ ।

हालै अष्ट्रेलियास्थित ग्राज विश्वविद्यालयका अनुसन्धाताको टोलीले गरेको एक अध्ययन अनुसार प्रतिदिन एक स्याउले हाम्रो शरिरमा रहेको ब्याक्टेरियालाई गर्ने असरको बारेमा अझ अध्ययन गर्ने जनाएका छन । अध्ययनकर्ताहरुले स्याउमा हुने ब्याक्टेरियाले हाम्रो शरिरमा गर्ने असर र त्यसमा भएको ब्याक्टेरियाको मात्राका बारेमा अध्ययन समेत गरेका हुन ।

उक्त अध्ययनअनुसार सबै प्रकारका स्याउहरु भने एकै नहुने देखिएको छ । खानामा भएका केहि सकारात्मक ब्याक्टेरिया, फन्जी र भाईरसले हाम्रो शरिरको भित्री भागमा कोलोनाईज गर्ने गर्दछन । खाना पकाउँदा यसमा भएका ब्याक्टेरिया, फन्जी र भाईरस मर्ने गर्दछन । त्यसैले फलफुल, र नपकाएको सागपात पनि हाम्रो शरिरलाई उत्तिकै आवश्यक पर्ने गर्दछन ।

अध्ययन अनुसार स्याउमा भएका विभिन्न भाग जस्तै बोक्रा, गुदी, विउ लगायतका भागमा विभिन्न प्रकारका ब्याक्टेरियाहरु पाईन्छन । अनुसन्धानकर्ताहरुले यो अध्ययन अग्र्यानिक र भण्डारण गरिएको स्याउमा गरेका थिए । त्यसपछि तिनिहरुले यसको तुलना समेत गरेका थिए ।

अनुसन्धानकर्ताको समुहले दुबै प्रकारका स्याउमा उत्तिकै मात्रामा ब्याक्टेरिया पाईने पत्ता लगाएका छन । यसका साथै अनुसन्धानकर्ताहरुले स्याउको विउमा भने धेरै व्याक्टेरियाहरु रहने पत्ता लगाएका छन ।

तर अनुसन्धानधाताहरुले दुबै स्याउमा ब्याक्टेरिया उत्तिकै मात्रामा भएपनि अग्र्यानिक स्याउमा शरिरलाई आवश्यक ब्याक्टेरिया हुने बताएका छन । यस्तै भण्डारण गरिएको र बासी स्याउमा भने शरिरलाई बेफाईदा पुर्याउने धेरै ब्याक्टेरिया र भाईरस हुने अनुसन्धाताहरुले बताएका छन ।

अग्र्यानिक स्याउभन्दा बासी स्याउहरु धेरै खतरनाक रहेको उक्त अनुसन्धानले पत्ता लगाएको छ । अध्ययनका अनुसार बासी र बेच्न राखिएका स्याउहरु जती चम्कीला र आकर्षक देखिन्छन त्यती हानीकारक ब्याक्टेरियाहरुले भरिएका हुन्छन । यस्तै ताजा र अग्र्यानिक स्याउमा भने त्यत्तिकै मात्रामा शरिरलाई आवश्यक ब्याक्टेरिया रहेका हुन्छन । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL