Logo

ओशाकाबाट ४० यात्रु लिएर फर्कियो निगमको जहाज, दुईतर्फि घाटा डेढ करोड

ओशाकाबाट ४० यात्रु लिएर फर्कियो निगमको जहाज, दुईतर्फि घाटा डेढ करोड



काठमाडौं । नेपाल वायुसेवा निगमले डेड करोड रुपैयाँ घाटा बेहोर्दै काठमाडौं जापान दुईतर्फि उडान गरेको छ ।

laxmi

निगमले काठमाडौंबाट जापानको लागि सिधा उडान भर्दा करिब पहिलो उडानमा २७ लाख ३७ हजार ९ सय २६ रुपैयाँ मात्रै आम्दानी गरेको थियो भने जापानको ओसाकाबाट फर्किंदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजार रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

नेपालबाट जापान उडान गर्दा ७२ लाख ६२ हजार ७४ रुपैयाँ घाटा बेहोरेको निगमले ओशाकाबाट नेपाल पर्कंदा भने ८५ लाख २० हजार रुपैयाँ घाटा बेहोरेको छ । निगमले समग्रमा दुईतर्फि उडानमा १ करोड ५७ लाख ८२ हजार ७४ रुपैयाँ घाटा बेहोरेको छ ।

काठमाडौंबाट ७४ जना यात्रु सहित १४६ जना जापानको ओशाकाको लागि उडेको जहाजले जापानबाट भने ४० जना मात्रै यात्रु लिएर फर्केको निगमले जानकारी दिएको छ । यसअघि सन् १९९४ अक्टोवर ३० तारिखदेखि सन् २००७ सालसम्म निगमले काठमाडौं चीन हुँदै जापानको यात्रा गरेको थियो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने बुधबार साँझ त्रिभुवन अन्तररराष्ट्रिय विमानस्थलमा आयोजित यात्रु बिदाइ कार्यक्रममा जापानमा वार्षिक ३५ हजार सिट बिक्रीको लक्ष्य राखेको बताए । निगमले पहिलो महिनाको लागि घाटा खाएरै भए पनि हप्ताको ३ दिन बिहीबार, शनिबार र मंगलबार ओसाका नियमित उडान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL