Logo

निगमले वेबसाइटबाटै बेच्यो ५० करोडको टिकेट, मोबाइलबाट टिकेट लिने पनि बढ्दै

निगमले वेबसाइटबाटै बेच्यो ५० करोडको टिकेट, मोबाइलबाट टिकेट लिने पनि बढ्दै



काठमाडौ । नेपाल वायुसेवा निगमले आफ्नो वेबसाइटबाट अहिलेसम्म ५० करोड रुपैयाँ (४५ लाख डलर) भन्दा बढिको टिकेट बिक्री गरेको जनाएको छ ।

laxmi

निगमले अन्तरराष्ट्रिय उडानलाइ लक्षित गर्दै वेबसाइटबाटै टिकेट खरिद गर्न सुविधा दिएको दुई बर्षमा सो बराबरको टिकेट बिक्री गरेको हो । निगमका अनुसार मोबाइल वालेटमार्फत टिकेट खरिद गर्नेको आकर्षण पनि बढेको छ ।

वेबसाईटभन्दा पछि सुरु गरिएको निगमको वालेट सेवामार्फत अहिलेसम्म एक करोड ५० लाख रुपैयाँको टिकेट काटिएको निगमले जानकारी दिएको छ । निगमले सन २०१७ को जुलाइदेखि आफ्नो आधिकारिक वेबसाइट nepalairlines.com.np मार्फत अनलाइन टिकेट बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL