Logo

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, सस्तियो खाना पकाउने ग्याँस

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, सस्तियो खाना पकाउने ग्याँस



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल तथा मट्टीतेलको मूल्य बढाएको हो ।

laxmi

निगमले मंगलबार राती १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । मूल्य समायोजन अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढ्दै १ सय ९ रुपैयाँमा पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५० पैसाले वृद्धि हुँदै प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको छ ।


तर निगमले लामो समयपछि खाना पकाउने एलपी ग्याँसको मूल्य समेत घटाएको छ । एलपी ग्याँसको मूल्य प्रतिलिटर २५ रुपैयाँले घटाउँदै १ हजार ३ सय ७५ रुपैयाँ कायम गरिएको छ ।

निगमले एलपी ग्याँसमा अनुदान दिएका कारण आर्थिक वर्ष २०७५/७६ मा ६ अर्व नोक्सानी व्यहोरेको थियो । जसका कारण निगमले लामो समयदेखि ग्याँसको मूल्य समायोजना गर्न सकेको थिएन ।

निगमले हवाई ईन्धनको हकमा खुद्रा विक्री मूल्य यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL