Logo

बैंक खाताको लफडा देखाएर पन्छिँदै जेट एयरवेज, विमानस्थलको ६ करोड बक्यौता तिर्न आनाकानी

बैंक खाताको लफडा देखाएर पन्छिँदै जेट एयरवेज, विमानस्थलको ६ करोड बक्यौता तिर्न आनाकानी



काठमाडौं । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपालबाट उडान रद्द गरेसँगै बक्यौता रकम नउठने सम्भावना बढ्दै गएको छ ।

laxmi

आन्तरिक समस्या देखाउँदै कम्पनीले मे ४ सम्मका लागि नेपालमा उडान स्थगित गरेको थियो । तर कम्पनीले भने आर्थिक संकटमा फ्स्दै गए पछि विश्वभरीबाटै उडान कटौती गरेको छ ।

आर्थिक संकटमा फसेको जेट एयरले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुझाउनु पर्ने करिब ६ करोड रुपैयाँ बक्यौता रकम बुझाउन आनाकानी गरेको विमानस्थलका राजस्व विभागका सशी प्रधानले जानकारी दिएका छन ।

उनका अनुसार विमानस्थलले बारम्बार पत्र पठाए पनि पत्रको जवाफ नपठाउने तथा बैंकले खाता बन्द गरेको भन्दै सो रकम पठाउन आनाकानी गरेको हो ।

तर विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने ६ करोड रुपैयाँ बक्यौता रकम भए पनि डेढ करोड रुपैयाँको धरौटी रकम भएको बताए । उनले भने, ‘हामीसँग उनिहरुको डेढ करोड रुपैयाँको धरौटी रकम छ ।’

बाँकी रकम मे ४ पछि दिन्छु भनेको छ तर उनिहरुले जहाज उडानमा कटौति गर्दै गईसके पछि हामीले बारम्बार पत्र पठाईरहेका छौं । उनिहरुले रकम दिन आनाकानी गरे भारतीय दुदावाससँग बार्ता गरेर भए पनि रकम उठाउने क्षेत्रीले बताए ।

कम्पनीले विमानस्थललाई पार्किङ, सेवा शुल्कलगायतका गरी करीब ६ करोड रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL