Logo

लगानी सम्मेलनबाट पर्यटन पूर्वधारमा ७२ अर्ब रुपैयाँ भित्र्याउँदै सरकार, यस्ता छन् १० ठूला परियोजना

लगानी सम्मेलनबाट पर्यटन पूर्वधारमा ७२ अर्ब रुपैयाँ भित्र्याउँदै सरकार, यस्ता छन् १० ठूला परियोजना



काठमाडौं । सरकारले लगानी सम्मेलनमार्फत पर्यटन पूर्वधारमा ७२ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी भित्र्याउने भएको छ ।

laxmi

लगानी सम्मेलनमार्फत पर्यटन पूर्वधारमा उक्त लगानी भित्र्याउन सरकारले १० ओटा परियोजना तयार पारेको छ । सरकारले तयार पारेको योजनामध्य सबै भन्दा बढी लगानी हुने ‘दि खप्तड पर्यटन’ परियोजना रहेको छ ।

दि खप्तड पर्यटन परियोजना १८७ मिलियन अमेरिकी डलर रहेको छ भने स्की रिर्सोट मनाङ र लक्जरी रिर्सोट से फोक्सुण्डो परियोजना १÷१ सय मिलियन अमेरिकी डलरको रहेको छ । दि खप्तड पर्यटन परियोजनाको निर्माण अवधि ३ बर्षको रहेको छ भने स्की रिर्सोट मनाङ र लक्जरी रिर्सोट से फोक्सुण्डो परियोजनाको निर्माण अवधि पनि ३ बर्षको नै रहेको छ ।

त्यस्तै ४१ मिलियन अमेरिकी डलर लागतमा निर्माण हुने तालतलैया थिमपार्क वीथ होटलको निर्माण अवधि भने ४ बर्षको रहेको छ । जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेजको निर्माण अवधि ३ बर्ष रहेको छ भने लागत २० मिलियन अमेरिकी डलर रहेको छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय प्रसुति अस्पतालको निर्माण लागत भने ३९ मिलियन अमेरिकी डलर रहेको छ । यसैगरी दोलखामा निर्माण हुन लागेको दोलखा फिल्म सिटीको लागी २५ मिलियन अमेरिकी डलर लागत रहेको छ ।

त्यस्तै ड्रिमल्याण्ड धुलिखेलको निर्माण लागत ४३ मिलियन अमेरिकी डलर, दोलखा माउण्टेन एकाडेमीको लागत ४५ मिलियन अमेरिकी डलर र दमौली मल्टीपर्पोजको लागि ५५ मिलियन अमेरिकी डलर लागत रहेको छ ।

तालतलैया थिमपार्क वीथ होटल बाहेकका अन्य सबै पूर्वधारहरुको निर्माण अवधि भने ३ बर्षको रहेको छ । यी प्रत्येक परियोजनाहरु ३० बर्ष पछि स्वत सरकारी स्वामित्वमा हुनेछन । चैत १५ र १६ गते हुने लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारले यी परियोजनालाई सोकेशमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL