Logo

भारतमा बेरोजगारीको यस्तो समस्या, हुलाकी पदका लागि ३७ सय पीएचडी होल्डरको आवेदन

भारतमा बेरोजगारीको यस्तो समस्या, हुलाकी पदका लागि ३७ सय पीएचडी होल्डरको आवेदन



भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदीको सरकार तथा उक्त पार्टीको प्रमुख प्रतिपक्षीबीच रोजगार संकटको विषयमा बहस चर्किरहँदा अर्काे एक अच्चम्मको समाचारले धेरैको ध्यान तानेको छ । भारतको उत्तरप्रदेशको पाँच कक्षा पास र साइकल चलाउन मात्र जान्ने सीप भए पाउन सकिने जागिरका लागि ९३ हजार जनाको आवेदन परेको छ ।

कुल ६२ ओटा उक्त पदका लागि ३७ सय जना पीएचडी(विद्यावारिधि) गरेकाले पनि आवेदन दिएपछि यो खबर चर्चामा आएको हो । यूपी पुलिसको म्यासेन्जर(हुलाकी) पदका लागि खुलाइएको जागिरमा २८ हजार हजार स्नातकोत्तर उत्तीर्णले आवेदन दिएका छन् । त्यस्तै पुलिसको रिपोर्ट अनुसार ५० हजार स्नातक उत्तीर्णले पनि उक्त पदका लागि आवेदन दिएको पाइएको छ ।

एक अधिकारीका अनुसार उक्त पदका लागि सामान्य प्रश्नहरु तथा गणीतका केही प्रश्नहरु सामेल गरिएका छन । उनका अनुसार उक्त पद एक हुलाकी बराबरको पद हो । जसमा एक कार्यलयको सुचना अर्काे कार्यलयमा पुर्याइन्छ । उक्त पदको सुरुवाती तलब मासिक २० हजार भारु रहेको छ ।

उत्तर प्रदेशको यो अवस्थाले भारतमा बढ्दो बेराजगार समस्या उजागर गरेको छ । हालैको एक समाचार अनुसार पनि भारतीय रेलवेमा करीब दुई करोड युवाले लगभग १ लाख पदका लागि आवेदन दिएका थिए । त्यस्तै मुम्बई पुलिसले आवेदन गरेको सबैभन्दा तल्लको तहको पुलिसका लागि पनि दुई लाखभन्दा बढीले आवेदन दिएका छन् । ११ सय त्यस्ता पुलिस माग गरिएकोमा वकील, डाक्टर र इन्जिनियर पनि आवेदन दिएका थिए । त्यस्तै राजस्थानमा १ सय २९ इन्जिनियर, २३ वकिल, एक जना चार्टर्ड एकाउन्टेन्ट र ३ सय ९३ जना स्नातक उत्तीर्णले कार्यालय सहायक(पियन) पदका लागि अन्तरवार्ता दिएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL