Logo

नागढुङ्गा–जगाती मेट्रो रेल निर्माणका लागि ६ कम्पनी छनौट, केही दिनमै डिपीआरको काम सुरु

नागढुङ्गा–जगाती मेट्रो रेल निर्माणका लागि ६ कम्पनी छनौट, केही दिनमै डिपीआरको काम सुरु



काठमाडौं । लगानी बोर्डले नागढुङगा देखी धुलिखेलसम्म मेट्रो रेल सञ्चालनका लागि ६ वटा कम्पनी छनौट गरेको छ ।बोर्डले मेट्रो रेल्वे निर्माणको विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर)का लागि उक्त कम्पनी छनौट गरेको हो ।

नागढुङगा देखी जगाती सम्म मेट्रो रेल संचालनको लागि सम्भाब्यता अध्ययन गर्न २३ वटा कम्पनीले आवेदन दिएका थिए । जसमध्ये पहिलो चरणमा ६ वटा कम्पनी छनौट गरिएको लगानी बोर्डका प्रवक्ता उत्तम भक्त वाग्लेले जानकारी दिए ।

पहिलो चरणमा छनौट भएका ६ वटा कम्पनीसँग आशय पत्र माग गर्न लागिएको समेत उनले जानकारी दिए । उनीहरुले बुझाएको आशय पत्रको आधारमा उक्त डिपीआरका लागि एउटा कम्पनी छनौट गरिने समेत बोर्डले जानकारी दिएको छ । केही दिनभित्रै कम्पनी छनौट गरी डिपीआरको काम अघि बढाईने समेत वाग्लेले जानकारी दिए ।

बोर्डले सुरुमा नागढुङ्गादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि डिपीआर गर्ने बताएको थियो । तर तत्कालका लागि जगातीसम्म मात्रै डिपीआर गर्ने भएको छ ।

‘भर्खरै सम्भाब्यता अध्ययनको काम सुरु गर्न लागेका छौं,’ उनले भने, ‘बाहिर हल्ला भएजस्तो १÷२ वर्ष भित्रनै रेल चलाउन सकिँदैन त्यसको लागि केही समय लाग्छ ।’ उनका अनुसार सम्भाब्यता अध्ययनको लागि मात्रै २÷३ वर्ष लाग्न सक्नेछ ।

निर्माणका लागि राम्रो कम्पनी आयो र द्रुत गतिमा काम भयो भने रेल संचालनका लागि कम्तीमा ५ बर्ष लाग्ने उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL