Logo

निगमले न्यूयोर्कसम्म उडान गर्नेछ : महाप्रबन्धक कंसाकार

निगमले न्यूयोर्कसम्म उडान गर्नेछ : महाप्रबन्धक कंसाकार



काठमाडौं । नेपाल वायुसेवा निगमले ८ वटा विमान थप्ने भएको छ । निगमले अबको डेढ वर्ष भित्रमा ६ वटा ट्वीनअटर र २ एयर बस थप्ने तयारी गरेको नेपाल एयरलाईन्सका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।

उनका अनुसार निगमका जाहाजलाई युरोपदेखि अमेरिकाको न्यूयोर्क सम्म उडान गरिने भएको छ । यसैगरी नेपालमा पर्यटक भित्र्याउन कोरियादेखि अन्य गन्तव्य मुलुकमा पनि उडान भरिने कंसाकारले जानकारी दिए ।

उनका अनुसार एयरबस संगै हवाई सुरक्षालाई ध्यानमा राखेर नेपाली एयरबसमा अन्तराष्ट्रिय स्तरको सुरक्षा प्रदान गरिनेछ । नयाँ आउने २ वटा वाईडबडी जहाजको ४ ईन्जिनको सम्पूर्ण मर्मत संभार तथा संचालनको जिम्मा निर्माता कम्पनीलाईनै दिन लागिएको छ । यसका लागि निगम भित्र छलफल भइरहेको समेत उनले जानकारी गराएका दिएका छन ।

हाल विश्वको करिब ९५ प्रतिशत एयरलाइन्सहरुले आउटर्सोसिङको माध्यमबाट इन्जिनहरुको मर्मत गर्दै आएका । अब आउने २ वटा वाईडबडी जहाजको ४ वटै इन्जिन मर्मत तथा व्यवस्थापनको लागि लाईफ साइकल व्यवस्थापनको सम्पूर्ण जिम्मा रोल्स रोएस कम्पनीलाई दिने र निगमको हवाई सुरक्षा क्षमतालाई बढाउन आवश्यक प्रकृया सुरु भएको उनले बताएका छन् ।

यसरी कम्पनीमार्फत इन्जिन सञ्चालको जिम्मा दिँदा निगमको मासिक खर्च ६ करोड रुपैँया लाग्ने अनुमान निगमले गरेको छ । नयाँ ट्वीनअटर तथा एयर बस खरिद गरे पछि ४० वर्षे पुराना एयरबसलाई भने निगमले अहिलेकै अवस्थामा वेच्ने तयारी समेत गरेको कंसाकारले बताएका छन ।
१९९० मा अन्तरराष्ट्रिय सेवा तर्फ ११ मुलुक र आन्तरिक उडान ३९ उडान भर्दै आएकोमा हाल अन्तराष्ट्रिय उडान ८ मुलुकमा सिमित भएको छ । नेपालले अबको दिनमा बर्षमा कम्तीमा पनि २ देखी ४ वटा एयरबस थप्नु पर्ने उनको भनाई थियो । हालसम्म आईपुग्दा निगमले हवाइ यातायातको ब्यापारले १० प्रतिशत बजार हिस्सा ओगटेको समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL