Logo

रसुवागढी र साञ्जेनको आईपीओ वितरण आज, तपाईलाई कति पर्ला ?

रसुवागढी र साञ्जेनको आईपीओ वितरण आज, तपाईलाई कति पर्ला ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाको साधारण सेयर बाँडफाँड आज हुने भएको छ । दुबै आयोजनाले कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका लागि बिक्री गरेको आईपीओ आज बाँडफाँड गर्न लागेको हो ।

आयोजनाले फागुन ११ गतेदेखि ३० गतेसम्म सञ्चयकोषका सञ्चयकर्ताका लागि आईपीओ बिक्री खुला गरेको थियो । दुबै आयोजनाले आज दिउसो सेयर बाँडफाँड गर्ने भएका छन् ।

रसुवागढी जलविद्युत आयोजनाको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज दिउसो २ बजे सेयर बाँडफाँड गर्न लागेको हो । दिउसो चिलिमेको कार्यालयबाट सेयर बाँडफाँड गरिने सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए ।

यसैगरी साञ्जेन जलविद्युत आयोजनाको बिक्री प्रबन्धक नागरिक लगानी कोषले पनि आजै दिउसो सेयर बाँडफाँड गर्ने भएको छ । हिजोसम्ममा सेयर बाँडफाँडका लागि सम्पूर्ण प्रक्रिया पुरा गरिसकेको र आज दिउसो बाँडफाँडको तयारी गरिएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले जानकारी दिए ।

दुबै आयोजनामा सेयर संख्याभन्दा ६ गुणा बढी आवेदन परेको थियो । जसमध्ये साञ्जेनले आवेदनकर्तालाई न्युनतम ४० कित्ताका दरले सेयर वितरण गर्ने जानकारी दिएको छ । यसैगरी रसुवागढी जलविद्युत आयोजनाले पनि आवेदकलाई न्युनतम ७० कित्ताभन्दा बढी वितरण गरिने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL