Logo

काठमाडौं उड्नु अघि नै राजिनामा दिएका थिए दुर्घटनाग्रस्त बंगला विमानका चालकले !

काठमाडौं उड्नु अघि नै राजिनामा दिएका थिए दुर्घटनाग्रस्त बंगला विमानका चालकले !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार दुर्घटना भएको यूएस बंगला विमानका चालक अविड सुल्तानले उडान भर्नुअघि राजिनामा दिएको खुलेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा उनको मृत्यु भएको थियो ।

बंगलादेशका सञ्चारमाध्यम अनुसार उनले उडान भर्नुअघि ईमेलमार्फत यूएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएका थिए ।
यता यूएस बंगला एयरलाइन्सका जनसम्पर्क अधिकारी क्यामरुल इस्लामले भने आफूलाई राजीनामा पत्रबारे कुनै जानकारी नभएको बताएका छन् ।
दुर्घटनामा अविड र सह(पाइलट प्रिथुला रसिदसहित ४९ जनाको दुर्घटनामा मृत्यु भएको हो ।

अविडले इथियोपियन एयरलाइन्समा काम गर्न राजिनामा दिएका बताएको छ । अविडका साथीका अनुसार अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए, तर एयरलाइन्सले स्वीकार गरेन ।

अविडका निकट पाइलटहरुले राजिनामा दिएपछी पनि उडान भर्न लगाउनु नैतिक आधार नभएको बताएका छन् । साथै ब्ल्याक बक्सले त्यसको अनुसन्धान गर्न मुख्य भूमिका खेल्ने बताएका छन् । एजेन्सि

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL