Logo

बजारमा च्याखे थाप्दै ठूला लगानीकर्ता, किन हुँदैछ दैनिक उतरचढाव

बजारमा च्याखे थाप्दै ठूला लगानीकर्ता, किन हुँदैछ दैनिक उतरचढाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय सेयर बजारमा च्याखे थाप्ने प्रबृति हाबी भएको छ । बजारमा क्षणिक रुपमा घटबढ गराउँदै केही लगानीकर्ताले च्याखे थाप्ने प्रबृति देखिएको छ ।

पछिल्लो समय बजारमा तरलता अभाव तथा अनुत्पादक जस्ता विषय उठान गर्दै केही ठूला लगानीकर्ताले चलखेल गर्न थालेका एक लगानीकर्ताको भनाइ थियो । ‘बजारमा आधा आधा घण्टाको फरकमा दोहोरो अंकको घटवढ भइरहेको छ,’ एक लगानीकर्ताले भने, ‘बजारमा यसरी चलखेल हुँदा साना लगानीकर्ता नराम्ररी फस्न पुगेका छन् ।’

केही लगानीकर्ताले थोरै कित्ता सेयर धेरै अंक घटेर बेच्ने र त्यसमै साना लगानीकर्तालाई अन्यौल सिर्जना गरी पुनः बढाएर बेच्ने क्रम बढेको ती लगानीकर्ताको तर्क थियो । केही सिमिति व्यक्तिले घट्दो बजारमा पनि चलखेल गरेर कमाउने क्रम बढेको उक्त स्रोतको दाबी थियो ।

पछिल्लो समय नियामक निकायले बजारप्रति कुनै चासो नदिदा पनि साना लगानीकर्तामा अन्यौलता सिर्जन भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले बजार केही सिमित व्यक्तिहरुले जे भन्यो सोही अनुरुप चलिरहेको छ,’ ती लगानीकर्ताको गुनासो थियो, ‘बजार शुरुहँदा उच्च रुपमा घट्छ अनि एकछिन एकै छिनमा बढाइन्छ ।’ अहिले बजारमा के गर्ने भन्ने विषयमा साना खालका लगानीकर्ताका आन्यौलता सिर्जना भएको उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL