Logo

‘तरलता’ अभाव देखाउँदै सामानको डेलिभरी हुन छाड्यो, कलकत्तामा कन्टेनरको लस्कर

‘तरलता’ अभाव देखाउँदै सामानको डेलिभरी हुन छाड्यो, कलकत्तामा कन्टेनरको लस्कर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तरलता (लगानी याग्य पूँजी) अभाव भएसँगै नेपाली व्यवसायीले अर्डर गरेर सयौं कण्टेर कलकत्तामा थन्किएर बसेको छ । तरलता अभाव कारण नेपाली व्यापारीले अर्डर गरेको सामान लिन नमानेपछी कलकत्तामा बन्दरगाहमा कन्टेनरको लाइन बढेको हो ।

हाल कलकत्ता स्थित बन्दरगाहमा ९ सयभन्दा बढी कन्टेनर थन्किएर बसेका छन् । बैंक वित्तीय संस्थामा भएको बढ्दो तरलता अभाव तथा सरकारको जसरी पनि राजस्व उठाउन नीतिका कारण व्यवसायीले अर्डर गरेका सामान पनि ल्याउन नमानेको नेपाल फ्रेड फरवाडर्स एशोसिएशनका अध्यक्ष प्रकाश कार्कीले बताए । ‘अहिले धेरै नेपाली कण्टेनरहरु कोलकत्ता बन्दरगाहमा अड्किएर बसेका छन्,’ उनले भने, ‘तर, व्यवसायीहरुले उक्त कण्टेनर ल्याउन रकम नभएको भन्दै आनाकानी गरिरहेका छन् ।’

उनका अनुसार बोर्डर नाकामा पनि ठूलो संख्यामा ट्रकहरु रोकिएर बसेका छन् । सरकारले सन्दर्भ मूल्य सुचीका आधारमा मात्र सामान आयात गर्न सम्बद्ध निकायलाई निर्देशन दिएसँगै व्यवसायीहरु अन्यौलमा परेको उनको भनाइ थियो । ‘सरकारको सन्दर्भ मूल्य सुचीलाई आधार मानेर भन्सार नाकाबाट सामान आयात गर्न दिने निर्देशनले व्यवसायीहरुले बोर्डरमा आईपुगेका सामान पनि नेपाल भित्र्याएका छैनन्,’ उनले भने, ‘उक्त निर्देशन पछि व्यवसायीहरुले कलकत्तामाबाट कण्टेनर छुटाउन चासो नै देखाएका छैनन् ।’

पछिल्लो समय बैंक वित्तीय संस्थाले व्यवसायीहरुलाई प्रतिवद्धता जनाएका कर्जा पनि दिन छाडे पछि उनीहरुले पैसा नभएको भन्दै कलकत्ताबाट सामान छुटान नमानिरहेका उनको तर्क थियो । ‘कलकत्ता बन्दरगाहमा व्यवसायीहरुको सामान थन्किएर बस्दा उनीहरुले डिमरेज शुल्क बापत ठूलो रकम तिर्नुपर्छ,’ उनले भने, ‘तर पनि छुटाउन रकम अभाव र बोर्डर नाकामा देखिएको सन्दर्भ मूल्य सुचीको अन्यौलताका कारण ल्याउन मानिरहेका छैनन् ।’ सरकारले व्यवसायीलाई कुनै पनि सुविधा दिन छाडेर राजस्व मात्र उठाउने दाउमा लाग्दा समस्या उत्पन्न भएको उनको तर्क थियो ।

नेपाली व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आयात गरेको ९ सयभन्दा बढी कण्टेरनर १० वटा र्याकमा अड्किएर बसेको कार्कीले जानकारी दिए । तर, नेपाली व्यवसायीले भने केही दिनयता तरलता अभावको कारण देखाउँदै कार्गो डेलिभरी गर्न छाडेका छन् । विशेषगरी नेपाल भारतको मुख्य व्यापारिक नाका सुनौली, काकडभित्ता, पानीट्याङ्की ठूलो मात्रामा सामान बोकेका ट्रकहरु रोकिएर बसेका छन् । साथै विरगञ्ज नाकामा भने आयात गरिएका सवारीसाधनहरु रोकिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL