Logo

अर्थतन्त्रमा अर्को भार थप्ने तयारी, ‘पाइपलाइन’मा बेराजगारलाई दुई हजार भत्ता

अर्थतन्त्रमा अर्को भार थप्ने तयारी, ‘पाइपलाइन’मा बेराजगारलाई दुई हजार भत्ता


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । वितरणमुखी अर्थतन्त्रको निरन्तर विरोध गर्दै आएको नेपाली कांग्रेसले आफ्नै नेतृत्वको सरकारमा स्रोत व्यवस्थापन विना अर्थतन्त्रमाथि एक पछि अर्को भार थप्ने तयारी गरिरहेको छ । बजेट बाहिरका कार्यक्रमका लागि पर्याप्त रकम नभएको अर्थ मन्त्रालयले प्रतिक्रिया दिइसक्दा पनि सरकार छाड्ने अन्तिम समयतिर प्रधानमन्त्री शेर बहादुर देउवा भत्ता वितरणमा उदार देखिएका हुन् ।

यसअघि वृद्धभत्ताको उमेर घटाउने, भूकम्पपीडितलाई एक लाख थप गर्ने र कर्मचारीलाई स्वेच्छिक अवकाशको व्यवस्था जस्ता निर्णय गरेको सरकारले बेरोजगार युवाका लागि भत्ता समेत वितरण गर्ने तयारीमा देखिएको छ । उद्योग मन्त्री सुनिल बहादुर थापाको प्रस्तावमा मासिक दुई हजार बेरोजगार भत्ता दिने विषयमा देउवा पनि सकारात्मक देखिएका छन् । यसबाहेक स्वास्थ्य सेवामा कार्यरत स्वयम सेवक कर्मचारीलाई मासिक बीस हजार रुपियाँ तलब दिने विषय पनि मन्त्रीपरिषदमा पुगेको स्रोतले जनाएको  छ ।

पछिल्ला निर्णयबाट अर्थतन्त्रमा थप एक खर्ब भार थपिने देखिएपनि लोकप्रिय कार्यक्रम नरोक्ने संकेत सरकारले देखाएको छ । बाम गठबन्धको सरकार बन्ने निश्चित प्राय भइसकेपछि सरकार छाड्नुपर्ने अन्तिमक समयमा बजेट बाहिरबाट कार्यक्रम सार्वजनिक गरिएको हो । मन्त्रिपरिषदबाट भएका निर्णयमा अर्थ मन्त्रालय आफै बेखबर छ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की स्वयम समेत अर्थ मन्त्रालयको स्विकृती विना ल्याइएका यस्ता कार्यक्रमप्रति जानकारी देखिदैनन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL