Logo

दुर्गम क्षेत्रका तारे होटललाई राहत, एकतारेमा १५ र पाँच तारेमा ९० कोठा अनिवार्य

दुर्गम क्षेत्रका तारे होटललाई राहत, एकतारेमा १५ र पाँच तारेमा ९० कोठा अनिवार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले तारे होटलहरुका लागि केही सहज बनाएको छ । एकतारेदेखि पाँचतारे होटेल र रिसोर्टका लागि मापदण्ड खुकुलो बनाएर सहज बनाएको हो ।

एकतारेदेखि पाँचतारे होटेलररिसोर्टसम्बन्धी ४ कात्तिक २०७० मा राजपत्रमा प्रकाशित आदेशमा संशोधन गर्दै सरकारले हालै नयाँ मापदण्ड तोकेको हो । सो आदेशमा सुगम र दुर्गममा खुल्ने सबै होटेलका लागि समान प्रकृतिको मापदण्ड तोकिएकोमा अहिले फरक फरक गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै मापदण्डको संशोधन सूचना सार्वजनिक गरेको हो ।

सरकारी मापदण्ड पूरा गरी सञ्चालनमा रहेका कम्तीमा २ सयवटा सुत्ने कोठा भएका होटेल ररिसोर्टलाई ‘पाँचतारे डिलक्स’भित्र वर्गीकरण गरिएको छ ।
एकतारे होटलमा कम्तीमा ५ वटा गाडी पार्किङ गर्न सकिने उपयुक्त व्यवस्था हुनुपर्ने भएकोमा अहिले गाडी नपुगेको स्थानमा होटेल खोल्दा पार्किङ अनिवार्य नभएपनि हुन्छ । त्यस्तै एकतारे होटलमा कम्तीमा २० वटा सुत्ने कोठा हुनुपर्ने थियो ।

यसमा काठमाडौं उपत्यकामा रहने होटेलको हकमा कम्तीमा २० वटा र उपत्यकाबाहिर रहने होटेलको हकमा कम्तीमा १५ वटा सुत्ने कोठा हुनुपर्ने व्यवस्था गरिएको छ ।

दुई तारेका लागि पुरानो कम्तीमा १० वटा गाडी पार्किङ गर्न सकिने उपयुक्त व्यवस्था हुनुपर्ने थियो । तर, गाडी नपुगेको स्थानमा सञ्चालन हुने होटेलको हकमा पार्किङ अनिवार्य हुनेछैन ।

काठमाडौं उपत्यकाको हकमा कम्तीमा ४० वटा र उपत्यकाबाहिर रहने होटेलको हकमा ३० वटा सुत्ने कोठा हुनुपर्ने ।

तीनतारेका लागि काठमाडौंको हकमा कम्तीमा ६० वटा र उपत्यकाबाहिर रहने होटेलको हकमा कम्तीमा ४५ वटा सुत्ने कोठा हुनुपर्ने छ ।
त्यसैगरी चारतारेका लागि औसत क्षमताको बाहिरी पौडी पोखरी हुनपर्ने थियो । यसमा संशोधन गरी उच्च हिमाली क्षेत्रमा स्थापना हुने होटेलको हकमा पौडी पोखरी अनिवार्य नहुने व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकामा रहने होटेलको हकमा कम्तीमा ८० वटा र उपत्यकाबाहिर रहने होटेलको हकमा कम्तीमा ६० वटा सुत्ने कोठा हुनुपर्ने छ ।
पाँचतारेका लागि एक अन्तरराष्ट्रियस्तरको पौडी पोखरी र बाल पौडी पोखरी छुट्टाछुट्टै हुनुपर्ने व्यवस्थ थियो । त्यस्तै पोखरी र सनबाथ क्षेत्र रुख–बिरुवाले घेरिएको तथा सार्वजनिक क्षेत्रबाट नदेखिने हुनुपर्ने थियो । तर त्यसमा उच्च हिमाली क्षेत्रमा स्थापना हुने होटेलको हकमा पौडी पोखरी अनिवार्य नहुने व्यवस्था गरिएको छ ।

संशोधित मापदण्ड अनुसार काठमाडौं उपत्यकामा रहने होटेलको हकमा कम्तीमा १०० वटा र उपत्यकाबाहिर रहने होटेलको हकमा कम्तीमा ८० वटा सुत्ने कोठा हुनुपर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL