Logo

सेयर बजारमा कालोधन रोक्न राष्ट्र बैंक र धितोपत्र बोर्डबीच सम्झौता, इन्साइडर ट्रेडिङको अनुगमन

सेयर बजारमा कालोधन रोक्न राष्ट्र बैंक र धितोपत्र बोर्डबीच सम्झौता, इन्साइडर ट्रेडिङको अनुगमन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेयर बजारमा हुने लगानीका विषयमा सुचना आदनप्रदान गर्ने विषयमा नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डबीच सम्झौता भएको छ । धितोपत्र बजारमा हुने कारोबार तथा अन्य गतिविधि सम्बन्धी कसुरको खोज/अनुसन्धान तथा बैकिङ्ग अभिलेखमा पहुँच पुर्याउने उद्देश्य अनुरुप बोर्ड र राष्ट्र बैंकबीच द्धिपक्षीय सम्झौता भएको हो ।

उक्त सम्झौतासँगै धितोपत्र बजारमा हुने इनसाइडर ट्रेडिङ, बैंकिङ कसुर रोक्न तथा सर्वसाधारण लगानीकर्ताको हितको सुरक्षा गर्न सहज हुने दावी गरिएको छ । साथै अर्थतन्त्रको दिगो विकासका लागि वित्तीय क्षेत्रका गतिविधिहरुलाई थप पारदर्शी एवं प्रतिस्पर्धी वित्तीय बजारमा हुने जोखिम न्युनिकरणमा समेत सहयोग पुग्ने बोर्डको दाबी छ ।

मुलुकमा स्वच्छ तथा प्रतिस्पर्धी धितोपत्र बजार एवं वित्तीय गतिविधिहरुमार्फत वित्तीय स्थायित्व कायम गर्न समेत उक्त सम्झौताले महत्वपूर्ण योगदान दिने भएको छ । यसबाट बोर्डले अन्तर्राष्ट्रिय क्षेत्रका अन्य धितोपत्र बजारका नियमन निकायसँग धितोपत्र बजारसँग सम्बन्धित कसुरको खोज÷अनुसन्धानमा आवश्यक सहयोग गर्न पुग्ने छ । यसैगरी नेपालको सेयर बजारमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा प्रयोग हुनेसक्ने जोखिम न्यूनिकरण भई अन्तरराष्ट्रिय स्तरमा नेपालको धितोपत्र बजारको साख बृद्धि हुने बोर्डको विश्वास छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL