Logo

सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा

सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सगरमाथा आधार शिविरमा इनटरनेट सेवा सञ्चालनमा आएको छ । सगरमाथा आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीलाई इन्टरनेट दिने उद्देश्यसहित यन्टरनेट सञ्चालनमा आएको हो ।

एभरेस्ट लिंकले करीव २ करोड रुपैयाँको लगानीमा सगरमाथाको आधार शिविरमा इन्टरनेट सेवा सञ्चालन गरेको जानकारी दिएको छ । यससागै सगरमाथा आरोही तथा पर्यटन व्यवसायीलाई विश्वसँग जोड्ने र थप पर्यटक भित्राउन महत्वपुर्ण योगदान मिल्ने विश्वास गरिएको छ ।

एभरेस्ट लिंकका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले सन् २००२ बाटै सगरमाथा शिविरमा इन्टरनेट सेवा विस्तारका लागि अध्ययन सुरू गरेको जानकारी दिए ।

तराईबाट माइक्रोवेभको माध्यमबाट सगरमाथा शिविरमा इन्टरनेट सेवा सञ्चालन गरिएको हो । आधार शिविरको लुक्ला, खुम्बु, चौरीखर्क, खुम्जुङ, खुन्दे, पाङ्बोचे, तेङ्बोचे, दिङ्बोचेमा इन्टरनेट सेवा उपलब्ध गराईएको छ। २–३ ठाउँमा इन्टरनेट लिंक राखिएकाले कुनै समस्या नरहेको शेर्पाको भनाई छ ।

इन्टरनेटको जडानसँगै काठमाडौंको तुलनामा सगरमाथा शिविरमा छिटो गतिको इन्टरनेट सेवा प्रदान गर्न सकिएको जानकारी दिएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL