Logo

७ बर्षपछि जीडीपी–रेमिट्यान्स अनुपात घट्यो

७ बर्षपछि जीडीपी–रेमिट्यान्स अनुपात घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समययता प्रत्येक बर्ष कुल ग्राह्स्थ्य उत्पादन (जीडीपी) को आकारको आधारको नेपाल भित्रिने रेमिट्यान्सको अनुपात बढ्दै गएकोमा आर्थिक बर्ष २०७३/७४ मा भने घटेको छ । विगत ७ बर्षदेखि नेपालको जीडीपीको आकार अनुसार बर्षेनी रेमिट्यान्सका अनुपात बढ्दै गएकोमा गत आबमा आईपुग्दा ओरालो लागेको हो ।

गत आबमा जीडीपीको आकारमा उच्च बृद्धि र नेपाल भित्र्ने रमिट्यान्सको बृद्धिदर घटेसँगै रेमिट्यान्सको अनुपात घटेको हो । अघिल्लो आबमा जीडीपीमा रेमिट्यान्सको २९ दशमलव ६ प्रतिशत बराबरको योगदान रहेको थियो । तर, गत आबमा आईपुग्दा घटेर २६ दशमलव ८ प्रतिशत बराबर योगदान मात्र हुन आएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सो अबधिमा नेपालको जीडीपीको आकार पनि उच्च रुपमा बढेको छ । आब २०७२÷७३ को तुलनामा जीडीपीको आकार २२ खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा गत आबमा आइपुग्दा उच्च बृद्धि हुँदै २५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार यो बृद्धिदर ४ बर्ष यताकै बढी हो ।

आब २०६६÷६७ मा जीडीपीको आकार अनुसार नेपाल भित्रिने रेमिट्यान्सको अनुपात घटेको थियो । तर, त्यसयता जीडीपीको आकार अनुसार क्रमश उकालो लागेको रेमिट्यान्सको अनुपात गत आबमा आइपुग्दा घटेको हो । अब २०७२÷७३ सम्म क्रमश बढ्दै नेपालको कुल ग्राह्स्थ्य उत्पादनको २९ दशमलव ६ प्रतिशत बराबर रेमिट्यान्स नेपाल भित्रिएको थियो । तर, सो अनुपात घटेर गत आबमा भने २६ दशमलव ८ प्रतिशतमा खुम्चिएको हो ।

गत आबमा आइपुग्दा नेपाल भित्रिने रेमिट्यान्सको बृद्धिदर भने घटेको छ । ३ बर्ष अघिसम्म नेपाल भित्र्ने रेमिट्यान्सको बद्धिदर ३४ प्रतिशतसम्म रहेकोमा गत आबमा आइपुग्दा त्यस्तो बृद्धिदर ४ दशमलव ६ प्रतिशतमा खुम्चिएको छ । आब २०७२÷७३ मा साढे ७ प्रतिशतको बृद्धिदर रहँदै देशमा कुल ६ अर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा गत आबमा आईपुग्दा बृद्धिदर घट्दै ६ खर्ब ९५ अर्ब रुपैयाँ मात्र भित्रियो । गत आबमा यस्तो बृद्धिदर ४ दशमलव ६ प्रतिशतमा सिमिति भएको छ ।

नेपाली कामदारको मुख्य गन्तब्य मुलुकहरुमा आएको मन्दी तथा नेपालको नीतिगत तहमा हुने विभिन्न खाले समस्याले गर्दा नेपाल भित्र्ने रेमिट्यान्स घटेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । नेपालमा मलेशिया, साउदी अरब, कतार तथा संयुक्त अरब इमिरेट्सबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्दै आएको छ । तर, मलेशियामा नेपालको सरकारको नीतिगत अस्पष्टताले कामदार जान समेतका छैनन् भने कतार र साउदीमा सम्बन्धित देशको समस्याले गर्दा कामदार मागपत्रमा कमी आएको छ ।

नेपालको जीडीपीको अनुपातमा भित्रिएको रेमिट्यान्सको अनुपात प्रतिशतमा

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL