Logo

खेतीयोग्य जमिन प्लटिङ गर्न रोक, एक बर्षमा एक पटकमात्र कित्ताकाट

खेतीयोग्य जमिन प्लटिङ गर्न रोक, एक बर्षमा एक पटकमात्र कित्ताकाट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले खेतीयोग्य जमीन प्लटिङ गर्न रोक लगाएको छ । पछिल्लो समयमा देशमा विभिन्न स्थानमा खेतीयोग्य जमीन प्लटिङ गर्ने क्रम बढेपछि त्यसलाई सरकारले रोक लगाएको हो ।

नयाँ व्यवस्था अनुसार कुन पनि खेतीयोग्य जमीन बर्षमा एकपटम मात्र एक पटक मात्र कित्ताकाट गर्न पाइनेछ । यो ब्यवस्था कार्यान्वनमा आएसँगै खेतीयोग्य जमिन प्लटिङ गरे बिक्री गर्ने क्रम रोकिने छ ।

मन्त्रालयले भूमिसुधार ऐन २०२१ बमोजिम कृषियोग्य जमिनको प्लटिङमा रोक लगाएको हो । तर, पारिवारिक अंशबन्डा हुँदा भने कृषियोग्य जमिनलाई कित्ताकाट गर्न पाइने छ । तर नयाँ ब्यवस्था लागू हुनुभन्दा अघि अगाडि पल्टिङको लागि अनुमति लिएको तथा ५० प्रतिशत जमिन बिक्री भएकोमा जग्गामा भने उक्त ब्यवस्था लागू नहुने भएको छ ।

निर्देशिका अनुसार कृषियोग्य जमिनको व्याख्या जग्गा नामजाँच ऐन २०१९ बमोजिम पुनः नामजाँच भएको क्षेत्र जग्गा नामजाँच नियमावली २०५८ को नियम २० अनुसार कृषि क्षेत्र उल्लेख भएका जग्गाहरु र पुनः नामजाँच हुन बाँकी रहेको क्षेत्रमा साविकमा नामजाँच हुँदा फिल्डबुक तथा श्रेस्ता पुर्जामा धनहरतर्फ अब्बल,दोयम सिम र भिरपाखो तर्फ अब्बल र दोयम कायम रहेको जग्गा सम्झनुपर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL