Logo

बुधबार थपिए ३८१ जना कोरोना संक्रमित, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो

बुधबार थपिए ३८१ जना कोरोना संक्रमित, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो



काठमाडौं । बुधबार देशका विभिन्न ठाउँमा कोरोनाका ३ सय ८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।

laxmi

यस्तै पछिल्लो २४ घण्टामा १ सय ३० जना कोरोनामुक्त भई घर फर्किएका छन्। मन्त्रालयका अनुसार हालसम्म १५ हजार १ सय ५६ जना कोरोनाबाट निको भएका छन् । हालसम्म ७० दशमलव ८ प्रतिशत निको भएका छन्।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख १२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

त्यस्तै मृतक ६० जनामा कोरोना पुष्टि भएको छ। मृतकमध्ये पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार आजै काठमाडौं उपत्यकामा मात्रै ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL