Logo

मंगलबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, ६५ जना कोरोनामुक्त भई डिस्चार्ज

मंगलबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, ६५ जना कोरोनामुक्त भई डिस्चार्ज



काठमाडौं । मंगलबार थप २ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।

laxmi

यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट ६५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १५ हजार २६ जना कोरोनाबाट निको भएका छन्।

विगत २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पिसिआर परीक्षण भएको छ। देशभर ५ हजार ९ सय २५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL