Logo

एक हप्तामा प्रतितोला ३७ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य ओरालो लाग्दै

एक हप्तामा प्रतितोला ३७ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य ओरालो लाग्दै



काठमाडौं । पछिल्लो १ हप्तामा सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले उकालो लागेको छ । गत हप्ताको शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बढ्दै आज प्रतितोला ९९ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले पछिल्लो समय दिनानुदिन नयाँ रेकर्ड कायम गर्दै आईरहेको छ ।

laxmi

यसरी दिनकै सुनको मूल्यमा वृद्धि भईरहँदा नेपालमा सुनको मूल्य प्रतितोला एक लाख नजिक पुगेको छ । बिहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज ५ सय रुपैयाँले उकालो लागेको हो ।

यस्तै चाँदी भने शुक्रबार २५ रुपैयाँले ओरालो लागेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १२२५ रुपैयाँमा कारोबार भईरहेको चाँदी शुक्रबार घटेर १२ सय रुपैयाँ पुगेको हो ।
यस्तै अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९ सय ७२ डलरमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL