Logo

सुनको भाउ उकालो यात्रामा, तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुँदैं

सुनको भाउ उकालो यात्रामा, तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुँदैं



काठमाडौं । सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ बढेको छ । आज सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासघले जानकारी दिएको छ । मंगलबार तोलामा ७ सय रुपैयाँ बढेर तोलाको ९० हजार ९ सय पुगेको सुनले उकालो बाटो लिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि बढेको संघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ ९ डलरले बढेर १७ सय ९५ डलर पुगेको छ ।

गएको असार १७ गते सुनको भाउले नयाँ रेकड कायम गर्दै अहिलेसम्मकै धेरै तोलाको ९१ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्ने क्रममा छ । चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL