Logo

सांसद सरिता गिरीलाई सांसदबाट बर्खास्त गर्न समाजवादी पार्टीको बैठक बस्दै, पार्टीबाट पनि निष्कासन हुन सक्ने

सांसद सरिता गिरीलाई सांसदबाट बर्खास्त गर्न समाजवादी पार्टीको बैठक बस्दै, पार्टीबाट पनि निष्कासन हुन सक्ने



काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्न भएको संविधान संशोधन बहिस्कार गरेकी थिइन् । पार्टीले संशोधनको पक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो ।

laxmi

पार्टीको कार्यदलको बैठकले सांसद गिरीलाई कारबाही गर्न सिफारिस गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । नेता राजेन्द्र श्रेष्ठले सांसद सरिता गिरीबारे निर्णय गर्न पदाधिकारीको बैठक जारी रहेको जानकारी दिए ।

यसबारे निर्णय गर्न पार्टी पदाधिकारी बैठक बसिरहेको छ । बैठकले अनुमोदन गरेपछि उक्त पत्र निर्वाचन आयोगमा जान्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL