Logo

नेपाल एयरलाइन्सका १४ उडान कर्मचारीमा कोरोना संक्रमण, संक्रमित हुनेमा ३ पाइलट पनि

नेपाल एयरलाइन्सका १४ उडान कर्मचारीमा कोरोना संक्रमण, संक्रमित हुनेमा ३ पाइलट पनि



काठमाडौं । नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा तीन पाइलट पनि छन् । अन्य ११ जना क्याविन क्रु रहेको नेपाल वायुसेवा निगमका एक कर्मचारीले बताए । कोरोना पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेका छन् ।

laxmi

निगम स्रोतका अनुसार उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण पुष्टि भएका कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रम शुरु भइरहेको छ । बाँकी अन्य कर्मचारीको पनि कन्ट्याक्ट ट्रेसिङ भइरहेको उल्लेख छ।

विभिन्न मुलुकमा उद्धार उडानमा गएका ३ जना पाइलट र अन्य ११ जना क्याविन क्रुलाई संक्रमण पुष्टि भएपछि निगमले थप कर्मचारीमाथि पनि निगरानी बढाउन लगाएको उल्लेख छ।

निगमले बन्दाबन्दी पछि भएको उडानका सबै पाइलट तथा क्याविन क्रुलाई सोल्टी होटलमा क्वारेन्टिनमा राखेको थियो । उडानमा गएका कर्मचारीलाई क्वारेन्टिनमा राख्दै नयाँ टोली परिचालन गर्ने गरेको निगमले जानकारी दिएको छ।

निगमबाट भइरहेको उद्धार उडानमा प्रभाव भने नपर्ने उल्लेख गरेको छ । यस अघि हिमालय एयरलाइन्सका पनि एक जना विदेशी पाइलटलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL