Logo

प्रधानसेनापति थापा र महानिरीक्षक खनाल दार्चुला भ्रमणमा, भारतले अतिक्रमण गरेको भूमि निरीक्षण गर्ने

प्रधानसेनापति थापा र महानिरीक्षक खनाल दार्चुला भ्रमणमा, भारतले अतिक्रमण गरेको भूमि निरीक्षण गर्ने



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङरुतर्फ गएका छन् । भारतले अतिक्रमण गरेको नेपाली भूमि निरीक्षणका लागि सुरक्षा निकायका प्रमुखहरु त्यसतर्फ प्रस्थान गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

laxmi

दुवै प्रमुखले कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षण गर्ने तथा दार्चुलाको तिंकर सडक खण्डको अनुगमन गर्ने बताइएको छ ।

सरकारले गत वैशाख ३१ गते दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो । दुवै युनिट निरीक्षणका लागि प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल पहिलो पटक गएका हुन । उनीहरु धनगढी हुँदै सेनाकै हेलिकोप्टरमार्फत दार्चुलाको छाङरु जाने बताइएको छ ।

यस्तै नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत निरीक्षण भ्रमणमा सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL