Logo

सोमबार बिहानै ४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६१५ पुग्यो

सोमबार बिहानै ४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६१५ पुग्यो



काठमाडौं । नेपालमा सोमबार बिहानै नयाँ ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जना गरी ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रतिष्ठानका अनुसार दैलेखमा दुई महिलासहित २४ जनामा तथा जुम्लामा १९ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

पाल्लाको भैरव नवदिप स्कुल छहराको क्वारेन्टीनमा रहेका १९, ३८ र ४० वर्षका पुरुष तथा रुपन्देहीको कोटहिमाईका ४२ वर्षका पुरुष र ७० वर्षकी महिलाको रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा १६ सय १५ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हिजोमात्रै १ सय ६६ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL