Logo

अब हरेक साता चीनबाट नेपालका लागि छुटने छ रेल, कलकत्ताबाट भन्दा ३५ दिन छिटो सामान आइपुग्ने

अब हरेक साता चीनबाट नेपालका लागि छुटने छ रेल, कलकत्ताबाट भन्दा ३५ दिन छिटो सामान आइपुग्ने



काठमाडौं । चीनबाट हरेक साता नेपालका लागि मालवहाक रेल सञ्चालनमा आउने भएको छ । चीनको पल्लो सान्सी प्रान्तको सिआनदेखी काठमाडौंसम्म हरेक साता मालवहाक रेल सञ्चालन हुने भएको हो । सियानबाट हप्तामा एक पटक कार्गो रेल पठाउने तयारी भएको सियान अन्तर्रा्ष्ट्रिय लजिस्टिक सेन्टरिक पार्कले जनाएको छ ।

laxmi

सिआनदेखी काठमाडौंसम्मका लागि रेलसेवा सुरु भइसकेको छ । सिआन र अन्य क्षेत्रबीच कार्गो रेल संचालन भएपनि काठमाडौंसम्म भने पहिलो पटक कार्गो रेल सुरु भएको हो । शुक्रवार हिंडेको रेल तिब्बतको सिगात्सेसम्म आउनेछ । त्यहांबाट सडकमार्ग हुंदै सामाग्री मालबाहक ट्रकमा काठमाडौं ल्याउने तयारी छ ।

रेल शुक्रवार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको चिनियां संचारमाध्यमहरुले जनाएका छन् । सान्सी प्रान्तले पहिलो पटक दक्षिण एसिया लक्षित मालवाहक रेल संचालन गरेको हो । यसअघि उसले ‘छाङआन’ कार्गो संचालनमा ल्याएको थियो ।

चिनियां रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेडको सिआन पश्चिम रेलवे स्टेसनले काठमाडौं पुग्ने नयां गन्तव्य स्टेसन सुरु गरेको हो । इन्टरमोडल प्रणालीमा चल्ने यो कार्गो रेल परम्परागत अटोमोबाइल र समुद्री ढुवानीको मोडलको तुलनामा समयावधि छोटो हुनुका साथै लजिस्टिक खर्च पनि घट्ने चिनियां अधिकारीहरुको दावी छ ।

त्यसैगरी शुक्रवार नै चीनको लान्झोउबाट ३९० टन सामग्री बोकेको मालबाहक रेल नेपालतर्फ छुटेको छ। नेपाल र चीनबीच अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता भएपछि परिक्षणका रुपमा लान्झोउ अन्तर्रा्ष्ट्रिय सुख्खा बन्दरगाहबाट पहिलोपटक मालबाहक रेल नेपालतर्फ प्रस्थान गरेको हो।

शिगाचेसम्म २४ सय ३१ किलोमिटरको रेल यात्रापछि ५६४ किलोमिटरको सडक यातायातबाट केरूङ र त्यहांबाट १६० किलोमिटरपछि काठमाडौं १३ लाख डलर बरावरको उक्त सामाग्री ८ दिनमा पुग्ने अनुमान छ ।

भारत र नेपालवीच सीमा विवाद चर्किरहेका बेला चीनवाट कार्गोसेवा संचालनमा आएको हो । यसअघि कलकत्ताबाट समुन्द्री मार्ग हुंदै सामान आयात गर्दा लाग्ने समयभन्दा चीनबाट ३५ दिन कम समयमा सामाग्री काठमाडौं आइपुग्नेछ ।

भारतले पांच वर्षअघि नेपालमाथी नाकाबन्दी गर्दा चीनसंगका नाका खोल्ने निर्णय भएको थियो । त्यसका साथै अन्तर्रा्ष्ट्रिय व्यापारमा भारतसंगको निर्भरता हटाउने प्रयास अन्तर्गत चीनका समुद्री र सुख्खा बन्दरगाह भएर तेस्रो देशसंग व्यापार गर्न नेपालले अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता गरेको थियो ।

उक्त सम्झौता अहिले आएर व्यवहारमै कार्यान्वयन हुन लागेको हो । लान्झोउ सुख्खा बन्दरगाह चीनका दश ठुला व्यापार केन्द्र मध्येको एक हो । यो चीनको पश्चिमी क्षेत्रको विकासका लागि एउटा महत्वपूर्ण प्लेटफर्म हुनुको साथै बेल्ट एण्ड रोड र अन्तर्रा्ष्ट्रिय व्यापारका लागि पनि एउटा महत्वपूर्ण ट्रान्जिट हो। अहिले चीनले यसलाई दक्षिण एसियाली बजार विस्तार गर्न आर्थिक र व्यापार सहयोग प्रर्वद्धनका लागि विकल्पको रुपमा अघि सारेको छ ।

२०१६ मे मा नेपालको लाििग पहिलो कार्गो रेल सुरु भएपनि पछि रोकिएको थियो । चीनले अहिले त्यसको गुणस्तर निरन्तर सुधार गरेको जनाएको छ । दक्षिण एसियामा कार्गो रेलमार्फत चीनले करिब ४ बिलियन युआन बरावरको व्यापार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL