Logo

ज्योति विकास बैंकले आह्वान गर्यो सिईओको लागि आवेदन, १५ बर्षको बैंकिङ अनुभव हुनुपर्ने

ज्योति विकास बैंकले आह्वान गर्यो सिईओको लागि आवेदन, १५ बर्षको बैंकिङ अनुभव हुनुपर्ने



काठमाडौं । ज्योति विकास बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दर्खास्त माग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यकाल २ बर्ष बाँकी हुँदै जेठ १ गतेबाट बाहिरिएपछि रिक्त रहेको उक्त पदका लागि बैकले दर्खास्त आह्वान गरेको हो ।

laxmi

बैंकले उक्त पदका लागि जेठ १५ भित्र आवेदन दिईसक्नुपर्ने उल्लेख गरेको छ । जसका लागि कम्तिमा १५ बर्षको बैंकिङ अनुभव र १० बर्ष ब्यवस्थापकिय तहमा बसेर काम गरेको हुनुपर्ने उल्लेख छ । यस्तै बैंकले मागेको उक्त आह्वानमा ५५ बर्षभन्दा कम उमेरका उम्मेदवारले मात्रै आवेदन दिन सक्ने उल्लेख छ । हाल बैंकको कामु प्रमुख कार्यकारीको जिम्मा पारसराज कँडेललाई दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL