Logo

चीनद्वारा नेपाललाई ४० हजार पीसीआर किट, २० हजार थान एन ९५ मास्कलगायत स्वास्थ्य सामग्री हस्तान्तरण

चीनद्वारा नेपाललाई ४० हजार पीसीआर किट, २० हजार थान एन ९५ मास्कलगायत स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड १९) रोग रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई ४० हजार पीसीआर टेस्ट किट सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त स्वास्थ्य सामग्री सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।

laxmi

चीनले हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीमा मेडिकल सामग्रीमा ४० हजार थान पीसीआर किट, २० हजार थान एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क, १० हजार थान डिस्पोजेबल कभरअल र १० हजार थान चस्मा आदि रहेका छन् ।

चीनले हिमालय एयरलाइन्सबाट गत शुक्रबार र शनिबार गरी दुई लटमा उक्त स्वास्थ्य सामग्री ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL