Logo

नेपाललाई कोराना पत्ता लगाउने २ हजार किट्स दिँदै एनआरएन कोरिया, शुक्रबार नेपाल आईपुग्ने

नेपाललाई कोराना पत्ता लगाउने २ हजार किट्स दिँदै एनआरएन कोरिया, शुक्रबार नेपाल आईपुग्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण भएन भएको जाँच गर्न प्रयोग हुने २ हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग सम्झौता गरी दुई हजार प्रति प्रदान गर्न लागिएको एनआरएन कोरियाले जानकारी दिएको छ ।

एनआरएन कोरियाले त्यहाँ रहेका नेपालीसँग सहयोग संकलन अभियानसमेत थालेको छ । प्रति किट्स बीस हजार कोरियाली वन (२ हजार रुपैयाँ) पर्ने भएकाले दुई हजार किट्सका लागि ४० लाख रुपैयाँ लाग्ने अनुमान छ । त्यहाँ रहेका नेपालीमा प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गरेका छन ।

उनले भने, ‘यतिबेला मातृभूमि नेपालले कोरोना भाइरसका कारण जुन विषम परिस्थिति भोग्नुपरेको छ, त्यसका लागि सहयोग गर्न सम्पूर्ण कोरियावासी नेपालीहरूमा अनुरोध गर्दछु ।’ उक्त किट्स कोभिड– १९ को संक्रमणको शंका भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ । किट्समा बिरामीको र्याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ ।

बिहीबार दिनभर सहयोग संकलन गरेर शुक्रबार कार्गोमार्फत उक्त किट्स चीन पठाइने र चीनबाट नेपाल सरकारको सम्बन्धित निकायले शुक्रबार नै नेपाल पुर्याउने तयारी भएकोसमेत अध्यक्ष सुवेदीले बताए । दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन् । हालसम्म त्यहाँ रहेका नेपाली कोरोना संक्रमण हुनबाट सुरक्षित रहेका छन्/रासस

प्रतिक्रिया दिनुहोस्
MBL