Logo

कमिशन काण्डमा फसेका मन्त्री बाँसकोटा अदालतमा, मिश्र विरुद्द गरे गाली बेज्जतीको मुद्दा दायर

कमिशन काण्डमा फसेका मन्त्री बाँसकोटा अदालतमा, मिश्र विरुद्द गरे गाली बेज्जतीको मुद्दा दायर



काठमाडौं । निवर्तमान सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँसकोटाले बिजय प्रकाश मिश्र विरुद्ध आज मुद्दा दायर गरेका छन । उनले आफु विरुद्ध झुट्टा लाञ्छाना र गालीबेज्जतीको विरुद्धमा आफ्नो प्रतिनिधिमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

laxmi

यस अघि पनि संसदको सार्वजनिक लेखा समितिले प्रहरी प्रधानकार्यालयमा मिश्र विरुद्ध साईबर क्राईमको उजुरी दर्ता गराएका छन । मिश्रलाई निवर्तमान सुचना तथा संचार प्रविधि मन्त्री बाँसकोटाले ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो रेकर्ड एनिमेशन गरेर सार्वजनिक गरेको भन्दै उजुरी दर्ता गरेको हो ।

मिश्रले यस अघि आफु स्वीस कम्पनीको आधिकारीक एजेन्ट रहेको भन्दै मन्त्री बास्कोटासँग टेण्डर मिलाए वापत दिईने कमिशन बार्गेनिङ गरेको अडियो सार्वजनिक गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्
MBL