Logo

किरण श्रेष्ठ बने म्यानको सभापति, उप सभापतिमा सुमन पोखरेल

किरण श्रेष्ठ बने म्यानको सभापति, उप सभापतिमा सुमन पोखरेल



काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)को सभापतिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन । सोमबार भएको म्यानकोे दोस्रो चरणअन्तर्गत पदाधिकारी हरुको निर्वाचनमा उनी सभापतिमा निर्वाचित भएका हुन ।

laxmi

यस्तै संघको उपसभापतिमा भने आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल निर्वाचित भएका छन । उनी ग्लोबल आईएमई बैंकका संचालक पनि हुन ।

पाँच पदका लागि भएको निर्वाचनमा प्रथम उपसभापतिमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र कोषाध्यक्षमा अनु जोशी निर्विरोध निर्वाचित भएका हुन । यस्तै महासचिवमा व्यक्तिगत तर्फबाट कार्यकारी सदस्यमा प्रतिनिधित्व गर्ने धर्मानन्द अवस्थी विजयी भएका छन ।

त्यसै गरी कार्यकारी सदस्यहरुमा संस्थागत सदस्यबाट प्रतिनिधित्व गर्ने तुलसीप्रसाद गौतम, रमण नेपाल, कवि प्रसाद पाठक, कविराज अधिकारीलगायत विजयी भएका छन ।

यस्तै सुुरेन्द्रकुमार गोयल, आशा राणा अधिकारी, इन्द्रकुमार श्रेष्ठ, मिलन गुरुङ, सुजन कुमार आचार्य, हेमा कुमारी अधिकारी, मोहन राज ओझा र मनिष झा पनि कार्यकारी सदस्यमा निर्विरोध निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL